प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

काठमाडौं । अस्थायी, करार तथा दैनिक ज्यालादारी कर्मचारीको सेवा सुरक्षालाई लिएर सरकार र आन्दोलनरत कर्मचारीबीच भएको वार्ता सकारात्मक निष्कर्षमा पुगेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र कर्मचारी प्रतिनिधिबीच भएको छलफलपछि कर्मचारीहरू तत्काल सेवाबाट नहटाइने तथा कर्मचारी व्यवस्थापनबारे थप छलफल गरी उचित समाधान खोज्ने समझदारी भएको हो।

बिज्ञापन

वार्तामा आन्दोलनरत कर्मचारीका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका हल्का सवारी चालक तथा संघर्ष समितिका संयोजक श्याम सापकोटाको नेतृत्वमा ६ सदस्यीय टोली सहभागी भएको थियो। प्रतिनिधिमण्डलमा बिमल प्रसाद आचार्य, चिरञ्जीवी नेपाल, विकास श्रेष्ठ, जितेन्द्र मिश्र र कुमार राउत रहेका थिए।

बिज्ञापन

सरकारले नयाँ आर्थिक वर्षदेखि प्रशासनिक खर्च नियन्त्रण तथा मितव्ययिताको नीतिअनुसार अस्थायी, करार तथा दैनिक ज्यालादारी कर्मचारीको सट्टा आवश्यक जनशक्ति आउटसोर्सिङमार्फत व्यवस्थापन गर्ने तयारी गरेपछि देशभरका करार कर्मचारी आन्दोलनमा उत्रिएका थिए। यही निर्णय कार्यान्वयन भए ठूलो संख्यामा कर्मचारी सेवाबाट बाहिरिन सक्ने भन्दै उनीहरूले मंगलबारदेखि आन्दोलन सुरु गरेका थिए।

बुधबार सिंहदरबारभित्रै प्रदर्शन गरेका कर्मचारीहरूले सेवा सुरक्षाको सुनिश्चितता, सर्वोच्च अदालतका आदेश कार्यान्वयन, सामाजिक सुरक्षा कोषलगायतका सुविधा कायम गर्न तथा दीर्घकालीन रूपमा कर्मचारी व्यवस्थापनको स्पष्ट नीति ल्याउन माग गरेका थिए।
वार्ताका क्रममा कर्मचारीहरूले उठाएका मागमा सरकार सकारात्मक देखिएको र कर्मचारी व्यवस्थापनका विषयमा सरोकारवालासँग थप छलफल गरी उपयुक्त निर्णय लिने सहमति भएको स्रोतले जनाएको छ। सहमतिपछि आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको छ।

बिज्ञापन

यससँगै तत्काल करार, अस्थायी तथा दैनिक ज्यालादारी कर्मचारीलाई सेवाबाट हटाउने अवस्था नरहेको र सरकारले कर्मचारीको सेवा सुरक्षालाई ध्यानमा राखेर आवश्यक प्रक्रिया अघि बढाउने विश्वास कर्मचारी प्रतिनिधिले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

हिजो विज्ञापन रद्ध,आजै दरखास्त आह्वान

बिशेष