अवकाशको मुखमा अख्तियार

सरकारले ६ सचिवको सरुवा गर्दा महिना दिन पछि अवकाशमा जान लागेका कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएको छ ।
सरुवाको सूची अनुसार प्रधानमन्त्री कार्यालयको जगेडामा रहेका डिल्लीराम शर्मालाई अख्तियारमा पठाइएको हो । शर्मा अघि स्वास्थ्य मन्त्रालयमा कार्यरत थिए । एक मन्त्रालय एक सचिव राख्ने योजना अनुसार उनी स्वास्थ्य मन्त्रालयबबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएका थिए । जगेडामा करिब एक महिनाको बसाई पछि सचिव डिल्लीराम शर्मालाई अख्तियारमा पठाइएको छ ।

बिज्ञापन

उनी ५ वर्ष सचिव खाएर भदौ २ गतेबाट अनिवार्य अवकाशमा जानेछन । शर्मा ७८ भदौं २ मा सचिवमा बढुवा भएका थिए । यो हिसाबले पाँच बर्ष सेवा अवधि पूरा गरेर अनिवार्य अवकाशमा जान लागेका सचिवलाई अख्तियारमा पठाइएको हो । महिना दिन पछि अनिवार्य अवकाशमा जान लागेका सचिव शर्मालाई अख्तियारमा पठाइएको हो । यस अघि सरकारले गत जेठ २२ मा स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा पुर्याएको थियो ।

बिज्ञापन

शर्मा ०८२ जेठ १३ गते शर्मा स्वास्थ्य मन्त्रालय हाजिरी भएका थिए ।त्यस अघि उनी राष्ट्रपति कार्यालय, लोकसेवा आयोग हुँदै स्वास्थ्य मन्त्रालय पुगेका पुगेका थिए ।
उसो त यस अघि अख्तियारमा रहेका प्रहरीको सेटै परिवर्तन गरिएको थियो । सूचना चुहावटको आंशकामा प्रहरीको सेटै परिवर्तन भएको अर्को साता नबित्दै अख्तियारमा कार्यरत रहेका सचिव नारायण शर्मा दुवाडीलाई अख्तियारबाट उद्योगमा ल्याइएको हो । त्यहाँ कार्यरत नारायण शर्मा दुवाडीलाई उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ल्याइएको छ ।करिब १७ महिना अगाडि अख्तियारको सचिव बनेका दुवाडी अख्तियारबाट उद्योग पुगेका हुन । पूर्व सचिव गोकर्णमणि दुवाडीका नातेदार धादिङका दुवाडी यस अघि राष्ट्रपतिको कार्यालयबाट अख्तियारमा पुगेका थिए ।

उसो त बर्तमान सरकारले अवकाशको १५ दिन अघि चिरञ्जिवी चटौतदेखि प्रमिलादेवी बज्राचार्यहरुलाई समेत यसैगरी सरुवा गरेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष