६ सचिवको सरुवा,अख्तियारमा शर्मा

सरकारले ६ जना सचिवहरुको सरुवा गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय,आयोग,केन्द्रमा कार्यरत सचिवहरुको सरुवा गरेको हो ।

बिज्ञापन

सरुवाको सूची अनुसार प्रधानमन्त्री कार्यालयको जगेडामा रहेका डिल्लीराम शर्मालाई अख्तियारमा पठाइएको छ । यस अघि स्वास्थ्य मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएका सचिव डिल्लीराम शर्मा ५ वर्ष सचिव खाएर भदौ २ गतेबाट अनिवार्य अवकाशमा जानेछन । महिना दिन पछि अनिवार्य अवकाशमा जान लागेका सचिव शर्मालाई अख्तियारमा पठाइएको हो । यस अघि अख्तियारमा रहेका प्रहरीको सेटै परिवर्तन गरिएको थियो । सूचना चुहावटको आंशकामा प्रहरीको सेटै परिवर्तन भएको अर्काे साता नबित्दै अख्तियारमा कार्यरत रहेका सचिव नारायण शर्मा दुवाडीलाई अख्तियारबाट उद्योगमा ल्याइएको हो । त्यहाँ कार्यरत नारायण शर्मा दुवाडीलाई उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयमा ल्याइएको छ ।करिब १७ महिना अगाडि अख्तियारको सचिव बनेका दुवाडी अख्तियारबाट उद्योग पुगेका हुन । पूर्व सचिव गोकर्णमणि दुवाडीका नातेदार धादिङका दुवाडी यस अघि राष्ट्रपतिको कार्यालयबाट अख्तियारमा पुगेका थिए ।

बिज्ञापन

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा खटाइँदा सो मन्त्रालयमा कार्यरत रहेकी राधिका अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जगेडामा राखिएको छ ।निर्वाचनताका आयोगमा पुगेका कृष्ण राउत निर्वाचन सम्पन्न भएसँगै उद्योगमा पुगेकोमा उद्योगबाट सरुवा भएर महिला मन्त्रालय पुगेका हुन । यस अघि सञ्चार मन्त्रालयमा रहँदा तत्कालीन मन्त्री जगदीश खरेलसँग विवाद परेपछि महिला मन्त्रालयमा पुगेकी राधिका अर्याल महिलाबाट सरुवा भएर प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा पुर्याइएको हो ।
यस्तै,राष्ट्रिय सतर्कता केन्द्रका सचिव दीनानाथ मिश्रलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा लगिँदा राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा विश्वबाबु पुडासैनीलाई सरुवा गरिएको छ । खानेपानी,शहरी,भौतिक मन्त्रालय मर्ज भएर पूर्वाधार मन्त्रालय बनेसँगै सो मन्त्रालयमा मन्त्री सुनिल लम्सालका रोजाइमा गोपाल सिग्देल सचिवको भूमिकामा छन् । ओएण्डएम गरेर सो मन्त्रालयमा दुई जना प्राविधिक सचिव राख्ने बिषयमा छलफल भए पनि मन्त्री लम्साल सकरात्मक नहुँदा पूर्वाधार मन्त्रालय जान बल गरिरहेका सचिव पुडासैनीलाई नेपाल ट्रष्टमा पुर्याइएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

हिजो विज्ञापन रद्ध,आजै दरखास्त आह्वान

८० प्रतिशत विपद्को कारक जलवायु परिवर्तन–सरकारसँग छैन आर्थिक र गैह्रआर्थिक हानी नोक्शानीको एकीकृत तथ्यांक

एलपी ग्यास पुनः १४.२ केजीकै सिलिण्डरमा विक्री गरिने, प्रतिसिलिण्डर ९३७ रुपैयाँ घाटा

‘जान्नेलाई छान्ने’ नियुक्तिमा उमेर हद नमान्ने

बिशेष