६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

सरकार बनेको सय दिनमै चौतर्फी फायर खोलेर चर्चा र वाहवाही पाएको बालेन सरकार कर्मचारीका कारण अप्ठ्यारोमा पर्ने देखिएको छ । यस अघि कर्मचारी ट्रेड युनियन खारेजीमा सर्वाेच्च अदालतको साथ पाएको बालेन्द्र सरकारको पछिल्लो प्रस्तावले कर्मचारीहरु आन्दोलित बन्न पुगेका हुन । जीवनका उर्जाशील दुई देखि तीन दशक सरकारी सेवा गरेका कर्मचारीहरुलाई सरकारले रित्तो हात घर फर्काउने तयारी गरेसँगै उनीहरु सिंहदरबार केन्द्रित आन्दोलन प्रारम्भ गरेका हुन ।

बिज्ञापन

संघ, प्रदेश र स्थानीय तहअन्तर्गत विभिन्न मन्त्रालय, निकाय, आयोग तथा कार्यालयहरूमा कार्यरत करिब ६० हजार करार, अस्थायी तथा ज्यालादारी कर्मचारी हटाउने तयारी पछि अस्थायी र करार सेवाका कर्मचारीहरु आन्दोलित भएका हुन । प्रधानमन्त्री,अर्थ,भूमि व्यवस्था सहकारी सामान्य प्रशासनसहितका सचिवहरुको एक निर्णयले भूमि प्रशासन मन्त्रालय मातहत एउटा पब्लिक कम्पनी लिमिटेड स्थापना गर्ने वा आउटसोर्सिङ गर्ने भन्ने विषयमा नीतिगत स्पष्टता गरिनेछ। यसरी कर्मचारी हटाउने निर्णय हुँदा संघमा करार सेवामा कार्यरत रहेका १४ हजार, प्रदेशमा ८ हजार तथा स्थानीय तहमा ३५ हजार करारका कर्मचारी प्रत्यक्ष प्रभावित हुने भएका छन् ।

बिज्ञापन

सरकारको यो तयारी सार्वजनिक भएसँगै हिजो कर्मचारीहरु अर्थ मन्त्रालय घेराउ गरेका थिए । आज कामकाज ठप्प पारेर सिंहदरबारभित्र जम्मा भएका छन् ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

६० हजार करार कर्मचारी हटाउने प्रस्ताव तयार,काम छाडेर धर्नामा उत्रिए कर्मचारी

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

हिजो विज्ञापन रद्ध,आजै दरखास्त आह्वान

८० प्रतिशत विपद्को कारक जलवायु परिवर्तन–सरकारसँग छैन आर्थिक र गैह्रआर्थिक हानी नोक्शानीको एकीकृत तथ्यांक

एलपी ग्यास पुनः १४.२ केजीकै सिलिण्डरमा विक्री गरिने, प्रतिसिलिण्डर ९३७ रुपैयाँ घाटा

‘जान्नेलाई छान्ने’ नियुक्तिमा उमेर हद नमान्ने

बिशेष