हिजो विज्ञापन रद्ध,आजै दरखास्त आह्वान

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि आह्वान गरिएको दरखास्त हिजो रद्द गरिएकोमा आज फेरि अर्काे दरखास्त आह्वान गरिएको छ ।

बिज्ञापन

बोर्डले यस अघि असार २ मा विज्ञापन खोलेर दरखास्त आह्वान गरेको थियो । सो विज्ञापनपछि एक दर्जन बढीले आवेदन दिएकोमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हिजो दरखास्त रद्द भएको सूचना प्रकाशित गरेको थियो । प्रकाशित सूचनामा भनिएको थियो,‘स्वास्थ्य बीमा ऐन, २०७४’ को दफा २२ ले लोकसेवा आयोगको अध्यक्ष वा उनले तोकेको आयोगको सदस्यको संयोजकत्वमा गठित सिफारिस समितिले कार्यविधि बनाएर दरखास्त आह्वान गर्नुपर्ने व्यवस्था गरेको छ ।

बिज्ञापन

‘लोकसेवा आयोगको अध्यक्ष वा निजले तोकेको आयोगको सदस्यको संयोजकत्वमा गठित सिफारिस समितिले सोही ऐनको दफा २२ को उपदफा (४) मा व्यवस्था भएबमोजिम सो समिति आफैंले कार्यविधि बनाई दरखास्त आह्वान गर्ने व्यवस्था भएकोले मिति २०८३–०३–०२ गते गोरखापत्रमा प्रकाशित स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको लागि आह्वान गरिएको दरखास्त रद्द गरिएकोमा आज फेरि अर्काे दरखास्त आह्वान गरिएको हो ।

स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २० बमोजिम बोर्डको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धाद्वारा छनोट गरी ऐनको दफा २२ को उपदफा (३) बमोजिम लागि लोक सेवा आयोगको कार्यवाहक अध्यक्षको संयोजकत्वमा गठित सिफारिस समितिले ‘स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरी दरखास्त प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
वीमा वोर्डको कार्यकारी निर्देशक हुन इच्छुक व्यक्तिले शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, कानुन, चिकित्साशास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्र सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर गरेको हुनुपर्छ। अनुभवका हकमा सम्बन्धित क्षेत्रमा कम्तीमा १० वर्षको कार्यअनुभव प्राप्त गरेको हुनुपर्ने मन्त्रालयको सूचनामा छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कर्णाली प्रदेश सरकारमा किचलो : चार मन्त्रीले दिए राजीनामा

हिजो विज्ञापन रद्ध,आजै दरखास्त आह्वान

८० प्रतिशत विपद्को कारक जलवायु परिवर्तन–सरकारसँग छैन आर्थिक र गैह्रआर्थिक हानी नोक्शानीको एकीकृत तथ्यांक

एलपी ग्यास पुनः १४.२ केजीकै सिलिण्डरमा विक्री गरिने, प्रतिसिलिण्डर ९३७ रुपैयाँ घाटा

‘जान्नेलाई छान्ने’ नियुक्तिमा उमेर हद नमान्ने

पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

सिंहदरबारभित्रै कर्मचारी आन्दोलित,करारका कर्मचारीद्वारा अर्थ मन्त्रालय घेराउ

बालेन सरकारको निर्णय अदालतद्धारा बदर : सरकारी विज्ञापनमा एकद्धार नीति खारेज

बिशेष