पूर्वसचिव पाण्डेलाई ४ वर्ष जेल सजाय

  नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहरिएका सबैलाई सजाय तोकिएको छ। कसुरदार ठहरिएका १६ जनालाई आज कैद र साजय सुनाइएको हो ।
जिल्ला अदालत काठमाडौंले दुई पूर्वमन्त्री,पूर्वसचिवसहित १६ जना मुख्य कसुरदारलाई सजाय सुनाएको हो । सो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित १६ जना दोषी ठहर भएका छन् । मुद्दा दायर भएको तीन वर्षपछि जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले गत साता उनीहरूलाई दोषी ठहर गरेको थियो ।

बिज्ञापन

अदालतले रायमाझी, खाण र पाण्डेसहित गिरोहका केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, गोविन्द चौधरी, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, बिचौलिया हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झालाई दोषी ठहर गरेको हो । यस्तै अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाईं, नीरज राई, राजेश अर्याल, मोहनराज राई, विनिता सावदेन लिम्बू र सुनील बुढाथोकी फरार रहेका छन् ।

बिज्ञापन

दोषी ठहर भएका विरुद्ध सजाय निर्धारणका लागि आज पेशी तोकिएको थियो । जस अनुसार पूर्व उपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री एवम् कांग्रेस नेता बालकृष्ण खाँण, पूर्व सचिव टेकनारायण पाण्डेसहितका कसूरदारहरूलाई सजाय निर्धारण गरेको हो । अदालतले रायमाझीलाई फरक फरक कसूरमा चार वर्ष कैद र ४० हजार जरिवाना तोकेको छ । खाँणलाई भने २ वर्ष कैद र २० हजार जरिवाना लगाइएको छ ।काठमाडौं जिल्ला अदालतले उनलाई ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।
यही प्रकरणमा पूर्व सचिव टेकनारायण पाण्डेलाई ठगीमा २ वर्ष कैद र १५ हजार जरिवाना गरिएको छ। संगठित अपराधमा ३ वर्ष कैद र ३० हजार जरिवाना गरिएको छ। त्यसैगरी राज्यविरुद्धको कसुरमा १ वर्ष ६ महिना कैद र १५ हजार जरिवानाको सजाय तोकिएको छ। राज्यविरुद्धकै अभियोगमा थप ६ महिना सजाय भोग्नु पर्ने पनि फैसलामा उल्लेख छ। एकीकृततर्फ ४ वर्ष ४० हजार रुपैयाँ जरिवाना तोकिएको हो।

तीन वर्ष पुरानो यो मुद्दामा न्यायाधीश तेजबहादुर खड्काको इजलासले असार २४ गते फैसला सुनाएको थियो । जसमा १५ जना दोषी ठहर हुँदा टोपबहादुरका छोरा सन्देश, एमाले उपाध्यक्ष रामबहादुर बादलका छोरा प्रतिकलगायत सात जनाले सफाइ पाएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष