हजारौँ करार र ज्यालादारी कर्मचारी हटाउन खोजिएको प्रति सांसद राईको आपत्ति

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले वर्तमान सरकारले गरिब, निमुखा र श्रमिक वर्गको पक्षमा काम गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यसविपरीत काम गरिरहेको आरोप लगाए ।

बिज्ञापन

उनले करिब दुई दशकदेखि सरकारी सेवामा रहेका हजारौं करार तथा ज्यालादारी कर्मचारीलाई सर्वोच्च अदालतको आदेशअनुसार महँगी भत्ता र सामाजिक सुरक्षा कोषलगायत सुविधा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै श्रेणीविहीन हजारौँ कर्मचारीहरू जसले १५–२० वर्ष देशको सेवा गरे, न अहिले उहाँहरूको विदेश जान सक्ने अवस्था छ, न नयाँ व्यवसाय गरेर खान सक्ने अवस्था उनीहरुलाई हटाउन लागिएको प्रति आपत्ति जनाए । उनले वर्षौँदेखि काम गर्दै आएका कर्मचारीलाई हटाउने षड्यन्त्र गर्नु सर्वोच्च अदालतको फैसला विपरीत हुने भएकाले सरकारले यसमा तत्काल पुनर्विचार गर्नुपर्ने बताए। सांसद राईले सरकारले श्रेणीविहीन करार तथा ज्यालादारीमा काम गरिरहेका कर्मचारीलाई हटाउने निर्णय गरेको भन्दै आपत्ति जनाए ।

बिज्ञापन

उनले करार र ज्यालादारी कर्मचारीलाई महँगी भत्ता तथा सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने सर्वोच्च अदालतको फैसला तत्काल कार्यान्वयनमा ल्याउनु पर्नेमा करार सेवाका कर्मचारी हटाउने तयारी गरिरहेको भन्दै त्यसको विरोध गरेका हुन । राईले ‘बीसौँ वर्षदेखि राज्यको न्यून सेवामा काम गरिराखेको हजारौँ करार तथा ज्यालादारी कर्मचारीलाई वर्तमान सरकारले ठेकेदारमार्फत लैजाने ठूलो षड्यन्त्र गरिराखेको बताए । उनले सररकार गरिब नागरिकलाई निमिट्यान्न पार्ने काम गरिरहेको उनको जिकिर गरे । चाहे पठाओ चालक हुन वा सुकुम्बासी, श्रमिक नागरिक वा साना उद्यमी र व्यवसायीको सवालमा होस्, सरकारले उनीहरूमाथि अन्याय गरिरहेको उनको आरोप छ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष