महिनाभरीको हाजिर एकै दिन,लेखा-प्रशासन,कार्यालय प्रमुखमाथि उठ्यो प्रश्न

एक जना कर्मचारी क्यान्सरजस्तो प्राणघातक रोग लागेर बिदामा छन् तर हाजिरी रजिष्ट्रीमा उनको हाजिरी लागिरहेको पाइएको छ । त्यो पनि असार महिनाको ३२ गतेसम्मको हाजिरी एकै चोटी लागेको पाइएसँगै यो प्रकरणमा माथिसम्म मिलेमतो र बदमासी भएको आंशका गरिएको छ ।

बिज्ञापन

पाटन औद्योगिक क्षेत्रभित्र रहेको उद्योग तथा वाणिज्य कार्यालय  एक कर्मचारीले असार महिनाको हाजिर पहिले नै गरिसकेको पाइएको छ । क्यान्सर रोगबाट पीडित भएर बिदामा बसेका ती कर्मचारीको असार महिनाको हाजिरी यस अघि नै गरिएको पाइएको हो । आज असार ३० गते हो तर, असार ३२ गतेसम्मकै हाजिरी गरिसकेका कर्मचारी प्रेसले फेला पारेको छ ।

बिज्ञापन

यसरी हाजिरी गरिएको पाइएको हो हिक्मतरत्न शाक्यको । शाक्य पाटन औद्योगिक क्षेत्रभित्र रहेको उद्योग,वाणिज्य कार्यालयका कर्मचारी हुन । उनी त्यहाँ हस्तकला फाँटका हर्ताकर्ता हुन । हस्तकलाका कालिगढका रुपमा कार्यरत रहेका शाक्य तीन महिना अगाडिदेखि नै बिदामा रहेको पाइएको छ । उनले गत वैशाख ३१ गते हस्तकला विभागका प्रमुखलाई सम्बोधन गर्दै नियमित काममा सक्रिय रहेको अवस्थामा क्यान्सर रोग लागेर हाल हरिसिद्धि क्यान्सर अस्पतालमा उपचार गराउँदै आएको र पूर्ण रुपमा रोग निर्मुल भइ नसकेका कारण केही महिनाका लागि बिदा स्वीकृतिका लागि अनुरोध गरेका थिए ।

यसरी घाँटी क्यान्सर भएर उपचारको क्रममा रहेको र दुई महिनादेखि बिदामा रहेका कर्मचारीको कीर्ते हाजिरी कस्ले गरेको हो ? भन्ने बिषयमा अहिले गम्भीर प्रश्न उठेको छ ? यो प्रकरणले कार्यालय प्रमुख ताराकिरण राई,प्रशासन प्रमुख लेखनाथ खतिवडा,लेखाका प्रमुख अनिल ढुंगनामाथि समेत प्रश्न चिन्ह उठेको छ ।सो कार्यालयको प्रशासन सम्हालिरहेका लेखनाथ खतिवडालाई यस अघि बागमती प्रदेश सरकारले गत वैशाख १८ गते सरुवा गरेर श्रम,रोजगार तथा यातायात मन्त्रालयमा खटाएको भए पनि सरुवा भएको साढे दुई महिना पूरा हुँदा समेत उनी सोही कार्यालयमा प्रशासनको कमाण्ड गरेर बसिरहेका छन् ।

बिज्ञापन

राजपरिवारको नाममा रहेका करोडौं मूल्य पर्ने सयौं तक्मा सोही कार्यालयमा राखिएको छ । सुन,हिरा,मोती,माणिक्य जडित करोडौं मूल्य पर्ने ती तक्मा तथा विभूषणहरु पाटन औद्योगिक क्षेत्रभित्र रहेको उद्योग तथा वाणिज्य कार्यालयमा पोका पारेर राखिएको पाइएको छ ।

 

प्राप्त विवरणअनुसार राजपरिवारको नाममा रहेका १८९ थरी तक्माका हजारौं परिमाण ०७१ साल साउन १४ देखि पाटन औद्योगिक क्षेत्रभित्र राखिएका छन् । जसमा महेन्द्रमाला १ थान, नेपाल प्रताप भाष्कर २ सेट, नेपाल प्रताप भाष्कर स्वल्पाकार १० सेट, नेपाल प्रताप भाष्कर ५ थान, महागौरव तेजश्वी त्रिभुवन श्रीपद पहिला २ थान, महागौरव तेजश्वी त्रिभुवन श्रीपद पहिला स्वल्पकार ४ लगायत उक्त कार्यालयका नयाँ, पुराना र भाँचिएका दराजमा पोका पारेर राखिएको छ ।

सोही कार्यालयमा हस्तकला हेर्दै आएका छैंटौं तहका कर्मचारी विश्व काफ्लेको क्यान्सर जस्तो प्राण घातक रोगसँग जुध्दा जुध्दै हारेर प्राण गुमाएका छन् । उनको मृत्यु पछि त्यहाँको बुझबुझारथमै समस्या आएको कर्मचारीहरुले बताउँछन् । यस बिषयमा थप बुझ्न तथा प्रतिक्रिया लिनका लागि सूचना अधिकारी लेखनाथ खतिवडासँग सम्पर्क गर्दा उनको मोवाइल स्वीचड अफ गरिएको पाइयो भने कार्यालय प्रमुख ताराकिरण राई सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष