निजामती कर्मचारीको कार्यसम्पादनमा आधारित मूल्यांकन अनिवार्य

सरकारले निजामती सेवामा कार्यरत कर्मचारीहरूको मूल्याङ्कन प्रणालीलाई तथ्यपरक र वस्तुगत बनाउन कार्यसम्पादनमा आधारित मूल्याङ्कन प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय र सबै स्थानीय तहलाई परिपत्र गर्दै नयाँ व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन दिएको हो ।
परिपत्रमा प्रत्येक सार्वजनिक निकाय वा कार्यालयले प्रत्येक पदको अद्यावधिक कार्य विवरणका आधारमा मापनयोग्य मुख्य कार्यसम्पादन सूचक निर्धारण गर्नुपर्ने, सूचकहरूलाई वार्षिक कार्ययोजना र कार्यालयको नतिजासँग आबद्ध गरिने, कार्यसम्पादन सूचक र वार्षिक कार्यक्रमका आधारमा न्यूनतम कार्यालय प्रमुख तह सम्मको कर्मचारी र सुपरिवेक्षक बिच कार्यसम्पादन सम्झौता गर्नुपर्ने र प्रत्येक तीन–तीन महिनामा कार्यसम्पादन स्तरको समीक्षा गरी निर्धारित लक्ष्य, प्रगति, समस्या र समाधानको अभिलेखीकरण गरिने परिपत्रमा उल्लेख छ ।

बिज्ञापन


त्रैमासिक समीक्षाको मूल्याङ्कनका आधारमा वार्षिक कार्यसम्पादन मूल्याङ्कनमा अङ्क प्रदान गरिने तथा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई पुरस्कार, प्रोत्साहन, तालिम र नेतृत्वको अवसरमा प्राथमिकता दिन परिपत्र गरेको हो ।

बिज्ञापन

मन्त्रालयले मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालय र सबै स्थानीय तहलाई परिपत्र गर्दै नयाँ व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन पनि दिएको छ । परिपत्रमा कार्यसम्पादन मूल्याङ्कन प्रणाली कमजोर हुँदा राम्रो काम गर्ने र खराब काम गर्ने कर्मचारीलाई समान व्यवहार गर्ने प्रवृत्ति देखिएको छ।
यस प्रकारको प्रवृत्तिलाई निरुत्साहित गर्न र कार्यसम्पादनलाई नतिजासँग जोड्न नयाँ व्यवस्था लागू गर्न लागिएको र सरकारको स्वीकृत शासकीय सुधारसम्बन्धी १०० क्रियाकलाप अन्तर्गत कर्मचारीहरूको कार्यसम्पादनलाई नतिजासँग जोड्न आवश्यक सूचकहरू तयार गरी यो प्रणाली प्रस्ताव गरिएको परिपत्रमा उल्लेख छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निजामती कर्मचारीको कार्यसम्पादनमा आधारित मूल्यांकन अनिवार्य

११२ शाखा अधिकृतको सरुवा : ३१ लाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी

पाँच सुकुम्बासी परिवारलाई लालपूर्जा वितरण

न्यायाधीश र सैनिक अधिकारीबाहेकको सम्पत्ति छानबिन नरोकिने

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा घिमिरे

लाइक र फलोअरको पछि कुद्न राष्ट्रसेवकलाई लगाम

सवारी खरिदमा सचिवलाई ६० लाखसम्म सहुलियतपूर्ण ऋृण र व्याज अनुदान,अन्य कर्मचारीलाई कति ?

२ मन्त्री,एक सचिवसहित १६ कसुरदारलाई सजाय सुनाइँदै

बिशेष