नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा घिमिरे

दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्। सरकारले केही अगाडि अध्यादेश ल्याएर १५ सय बढीको राजनीतिक नियुक्ति खारेज गर्दा दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीलाई अध्यक्षबाट पदमुक्त भएका थिए ।

बिज्ञापन

रिक्त अध्यक्ष र सदस्य पदका लागि मन्त्रालयले गत वैशाख २६ गते दरखास्त आह्वान गरेको थियो । प्राधिकरणका अध्यक्षका २९ उम्मेदवारहरुबाट सर्ट लिष्टमार्फत घिमिरेलाई अध्यक्षमा छानिएको सञ्चार मन्त्रालय स्रोतले जनाएको छ । अध्यक्ष सिफारिस समितिको संयोजकमा मन्त्रालयकी सचिव लक्ष्मीकुमार बस्नेत, दूरसञ्चार विज्ञको रूपमा आनन्दराज खनाल र सदस्य सचिवका रूपमा मन्त्रालयका सहसचिव सुवासचन्द्र शिवाकोटी थिए ।

बिज्ञापन

सो समितिले अनन्तमान सिंह, अमलेन्दु नारायण सिंह, सनाउल्लाह खान र सुशीलप्रसाद साह, मधुसुदन दाहालका अलवा अनिल झा र अर्जुन घिमिरेहरु सर्ट लिष्ट गरेको थियो । जसमध्ये क्याविनेटले प्राधिकरणकै कर्मचारीलाई अध्यक्षमा नियुक्त गरेको छ । प्राधिकरणका अध्यक्ष नियुक्त भएका घिमिरे प्राधिकरणमा लामो समयदेखि आर्थिक विश्लेषण तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख हुन्।

अहिले उनलाई सरकारले दूरसञ्चार प्राधिकरणको कार्यवाहक प्रमुखको जिम्मेवारी दिएको छ। अध्यक्षको कार्यकाल पाँच वर्षको हुन्छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष