लाइक र फलोअरको पछि कुद्न राष्ट्रसेवकलाई लगाम

   राष्ट्रसेवक अर्थात जनताको सेवा गर्न खटिएका व्यक्तिहरु । तर तिनै व्यक्तिहरु सरकारी पोशाकमै सजिएर कार्यालय समयमा राष्ट्र र जनताको सेवामा भन्दा कम र सामाजिक सञ्जालमा बढी झुम्मिन थालेका थिए । नेपाली सेना,प्रहरीमात्र होइन शिक्षक र निजामतीमा समेत यस्ता विकृतीहरु प्रशस्त देखिए र भेटिएका छन् ।

बिज्ञापन

सरकारी कार्यालयमा बसेर सेवाग्राहीको सेवा दिनुपर्ने जिम्मेवारी बोकेका राष्ट्रसेवकहरु लाइक र फलोअरतिर केन्द्रित रहेको भेटिएसँगै सरकारले आचारसंहिता जारी गरेर त्यसमा लगाम लगाउन खोजेको छ । केही बर्ष अघि ऋृषि धमला पत्नी एलिजाको सिको गर्दै सरकारी पोशाकमै डगी डान्स गरेर केही कर्मचारीहरु आलोचित भएका छन् । एलिजा गौतमले एउटा पार्टीमा गरेको उत्तेजक डान्सको सिको गर्दै डगी डान्स गरी सामाजिक सञ्जालमा सरकारी पोशाकमै सामुहिक डान्स गरे पछि सो भिडियोको चौतर्फी आलोचना नै भयो । चौतर्फी आलोचना पछि सो भिडियो हाइड गरिएको थियो । सरकारी पोशाकमै उत्ताउलो डगी डान्स गरेर भिडियो बनाएर पोष्ट गरेका स्वास्थ्यकर्मीले उक्त भिडियोको चर्को आलोचना भए पछि उनीहरुले सामूहिक रुपमा माफी नै माग्नु परेको थियो ।
यस्ता अनेकन घटना पछि सरकारले सामाजिक सञ्जालको प्रयोगमा कर्मचारीहरुलाई कडाइ गरेको हो ।भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको अचारसंहितामा भनिएको छ,’कार्यालयको काममा रहेको समयमा, कार्यालय वा परिसर वा फिल्डमा खटिएको अवस्थामा कार्यालय पोशाकमा कार्यालयसँग सम्बन्धित प्रवर्धनात्मक वा शिक्षामूलक बाहेकका फोटो वा भिडियो सामग्री निर्माण गर्न वा सामाजिक सञ्जालमा राख्न प्रतिवन्ध लगाएको छ ।

बिज्ञापन

आचारसंहितामा भनिएको छ,कार्यालय समय बाहेक फेसबुक, ट्वीटर, ह्वाट्स एप, लिंकड इन, टिकटक जस्ता सामाजिक सञ्जालहरु प्रयोग गर्दा सेवाको मर्यादा र आस्थामा आँच नआउने गरी व्यवसायिक आचारसंहिताको अधिनमा रही उच्चतम सतर्कता अपनाउनु पर्दछ । यस्तै राष्ट्रसेवकहरुले सामाजिक सञ्जालको प्रयोग गर्दा सरकारी सेवाको गरिमामा आँच आउने, कर्मचारीको मानमर्दन हुने तथा जनमानसमा भ्रम एवं अविश्वास पैदा हुने, प्रचलित कानुन र व्यवसायिक मर्यादाले अस्वीकार गर्ने किसिमका श्रव्य दृश्य सामग्रीहरु राख्न एवं शेयर गर्न समेत लगाम लगाइएको छ । आचारसंहिता पालना गरे नगरेको सुक्ष्म अनुगमन हुने र उल्लंघन गरिए कानुन बमोजिम कारवाही हुने मन्त्रालयले जनाएको छ ।

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष