सवारी खरिदमा सचिवलाई ६० लाखसम्म सहुलियतपूर्ण ऋृण र व्याज अनुदान,अन्य कर्मचारीलाई कति ?

सरकारले कर्मचारीहरुलाई सवारी साधन खरिदको लागि सहुलियतपूर्ण ऋण र व्याज अनुदानको व्यवस्था गर्ने भएको छ । सरकारी कर्मचारीहरुका लागि सवारी साधनसम्बन्धि निर्देशिका जारी गर्दै सरकारले तल्ला तहका देखि सचिव तहसम्मका कर्मचारीका लागि सवारी साधन खरिदका लागि सहुलियतपूर्ण ऋृण तथा व्याजन अनुदानको व्यवस्था गर्ने लागेको हो ।
यो सुविधाबाट राजपत्र अनकित वा सहायकस्तरका कर्मचारीहरुदेखि घ बर्ग अन्र्तगत शाखा अधिकृत वा छैंटौं,सातौं र आठौं तहका कर्मचारी,उपसचिव वा नवौं र दशौं तहका कर्मचारी,ख बर्ग अर्थात सहसचिव तहका कर्मचारी र सचिव तहका कर्मचारीहरु लाभन्वित हुनेछन् ।

बिज्ञापन

जसमा सचिवका लागि चार पाँग्रे सवारी साधन खरिदका लागि ६० लाख सम्म सहुलियतपूर्ण ऋृण वा व्याज अनुदान सरकारले उपलव्ध गराउने छ भने सहसचिवका लागि ५० लाख,उपसचिवका लागि ४० लाख बराबरको सहुलियतपूर्ण ऋृण वा व्इाज अनुदान उपलव्ध गराउने छ । यस्तै शाखा अधिकृतका लागि दुई पाँग्रे खरिदका लागि ४ लाख र सहायकस्तरका कर्मचारीहरुका लागि दुई पाँग्रे सवारी साधन खरिदका लागि २ लाख अनुदान उपलव्ध गराउने भएको छ ।

बिज्ञापन

यो योजनामा सहभागी हुन नचाहने सहसचिव वा सो भन्दा माथिल्ला तहका कर्मचारीहरुले भने प्रचलित कानुन अनुसारै सरकारी सवारी साधन उपलव्ध गराइने छ भने उपसचिव तहका र अन्य कर्मचारीहरुलाई कार्यालयमा रहेको पुल सवारीको व्यवस्थापन गरी सामुहिक रुपमा प्रयोग गराइने उल्लेख छ ।

योजनामा सहभागी नभएका कर्मचारीहरुमध्ये सचिवलाई बार्षिक १ लाख ४० हजार बराबरको इन्धन सुविधा, मर्मत खर्च बार्षिक १ लाख,सहसचिवका लागि इन्धन सुविधा बार्षिक १ लाख २० हजार र मर्मत खर्च ७५ हजार उपलव्ध गराइने उल्लेख छ भने उपसचिवका लागि बार्षिक १ लाखको इन्धन र मर्मतका लागि ५० हजार,शाखा अधिकृतका लागि बार्षिक ४० हजारको इन्धन र मर्मत शुल्क १५ हजार उपलव्ध हुँदा सहायक स्तरका कर्मचारीका लागि इन्धन बार्षिक २५ हजार र मर्मत शुल्क बार्षिक १० हजार मात्र उपलव्ध गराइने उल्लेख छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष