सरकारले सरकारी कर्मचारीलाई धूम्रपान र मध्यपानमा निरुत्साहित पार्नेगरी आचारसंहिता जारी गरेको हो । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै जारी गरेको ११ बुँदे आचारसंहितामा यस्तो व्यवस्था राखिएको हो ।
नयाँ आचारसंहितामा कार्यालय समयमा बाहिर जानुपर्दा सुपरिवेक्षकको अनुमति लिई लग बुक भरेर मात्र जानुपर्ने उल्लेख छ। त्यसरी बाहिर जाँदा आफू अन्तर्गतका शाखा, महाशाखा र कर्मचारीलाई जानकारी गराई सेवाको निरन्तरता सुनिश्चित गर्नुपर्ने छ।
बिज्ञापन
यस्तै कर्मचारीले कुनै पनि प्रकारको अनुचित दबाब, प्रभाव र प्रलोभनबाट मुक्त भई निष्पक्ष रूपमा कार्य गर्नुपर्ने,सेवाग्राही तथा सम्बन्धित सरोकारवालालाई कामको सिलसिलामा कार्यस्थलभन्दा बाहिर भेटघाट गर्न नहुने, प्रत्यक्ष रूपमा निजी स्वार्थ जोडिने गरी निर्णय गर्न नहुने, सरकारी सम्पत्तिको प्रयोग सरकारी कामबाहेक अन्य काममा प्रयोग गर्न नहुने विषय पनि आचारसंहितामा उल्लेख छ।
बिज्ञापन
आचारसंहिताको दफा ६(झ)मा कर्मचारीले धूम्रपान र मध्यपान सहजै गर्न नपाउने गरी व्यवस्था गरिएको छ । भनिएको छ,कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्ने, जुवातास खेल्ने, धूम्रपान गर्ने वा अन्य अमर्यादित कार्य गर्नु गराउनु हुँदैन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी आचारसंहिता सार्वजनिक गरेको छ।
कर्मचारीले सेवा प्रवाह गर्ने क्रममा सेवाग्राहीलाई अनावश्यक प्रक्रियागत ढिलाइ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यसहित कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ।
बिज्ञापन





























