कार्यालय सहयोगीदेखि अधिकृत तहका ४९ कर्मचारी बर्खास्त

समाज कल्याण परिषदले एकै पटक ४९ जनालाई बर्खास्त गरेको छ। यसरी बर्खास्तीमा परेकाहरुमा कार्यालय सहयोगीदेखि अधिकृत तहसम्मका कर्मचारीहरु रहेका छन् । परिषदको सञ्चालक समितिको गत असार १६ को निर्णयअनुसार विभिन्न राजनीतिक दलका आडमा ठाडो नियुक्त खाएकाहरुलाई वालेन सरकारले बर्खास्त गरेको हो ।
छुट्टै स्वायत्त संस्था भए पनि परिषद्को अध्यक्ष महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीकै तजबिजीमा पूर्ववर्ति सरकारले आफूनिकटका मान्छे तथा कार्यकर्तालाई तोकआदेशकै भरमा ठाडो नियुक्ति दिएर भर्ती केन्द्र बन्दै आएको सो संस्थाबाट एकै पटक ४९ जना कर्मचारीहरुलाई बर्खास्त गरिएको हो । परिषद्मा स्थायीभन्दा करारका कर्मचारीको बाहुल्यता रहँदै आएको थियो । जहाँ ४९ जना स्थायी कर्मचारी रहेकोमा ५७ जना करारका कर्मचारीहरु कार्यरत रहेको थिए । तीमध्ये ४९ जना करार सेवाका कर्मचारीहरु बर्खास्त गरिएको हो ।
सो स्रोतका अनुसार,यसरी करारमा भर्ती भएकामा कार्यालय सहयोगीदेखि अधिकृत तहसम्मका कर्मचारीहरु बर्खास्त भएका हुन । ६ महिनाका लागि करारमा नियुक्ति गर्ने गरिएको भएपनि केही कर्मचारीहरू झण्डै २३ बर्षदेखि नवीकरण गराएर करारमै राखेको पाइएको थियो । यी कर्मचारीहरुको तलब भत्तामा मात्र मासिक २८ देखि ३० लाखसम्म खर्च हुँदै आएको परिषद्ले जनाएको छ ।

बिज्ञापन

परिषद्का अनुसार बर्खास्त हुनेहरुमा विक्रमबहादुर देउवा, दीक्षा आचार्य, सरला पोखरेल लेखराज शाह, आनन्द थापा,सन्तोष श्रेष्ठ,अनु महर्जन र सिर्जना राजथलालाई लगायत रहेका छन् । जहाँ रञ्जना पजियार, अमरेश विराजी यादव, श्रेया बन्ठा,जोसेफ गच्छदार, राजेन्द्रप्रसाद उप्रेती, लोकेश पाल, सुरजकुमार कटुवाल, विवेक अधिकारी,निमाकुमारी चौधरी,अवधलाल चौधरी, सफलता चौधरी लगायतका कर्मचारीहरु करारमा कार्यरत रहेका छन् । गत असार १६ को बोर्डक बैठकले कर्मचारी हटाउने निर्णय गरेको परिषद्का एक सदस्यले जनाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

प्रधानमन्त्री बालेन र सभापति लामिछानेबीच ४ घण्टा छलफल

गणेश नेपालीलाई शहीद घोषणा गर्ने सरकारको तयारी

कार्यालय सहयोगीदेखि अधिकृत तहका ४९ कर्मचारी बर्खास्त

खरिपाटी होल्डिङ सेन्टरमा ६ मन्त्रीको लर्काे

बालेन सरकारको ‘गभर्नेन्स इन्जिनियर’को सरुवा- नियुक्ति र निजामती विद्येयकको ‘कनेक्सन’

रहेनन् पूर्व गृहसचिव पोखरेल

प्रधानमन्त्रीको सल्लाहकारद्धारा मुख्यसचिवको बिदाइ,दिन खोजेको सन्देश के हो ?

प्राइम मिनिस्टर्स डेलिभरी युनिट गठन गर्दै प्रधानमन्त्री बालेन

बिशेष