निजामती नियमावलीको एउटा दफा संशोधन,दुई दफा र एक अनुसूची खारेज

निजामती सेवा नियमावली (१६औँ संशोधन) २०८३ राजपत्रमा प्रकाशित भएको छ । गत जेठ २६ मा बसेको मन्त्रिपरिषद् बैठकबाट निजामती सेवा नियमावलीको १६ औं संशोधन गरिएको थियो ।

बिज्ञापन

जसमा निजामती सेवा नियमावली २०५० को नियम ९५ मा संशोधन गरिएको छ । राजपत्रमा प्रकाशित सूचना अनुसार,मूल नियमावलीको ११७ ख संशोधन गरिएको छ भने मूल नियमावलीको ११७ क,१३३ क र १७ ग खारेज गरिएको हो ।
जस अनुसार नियमावलीको ९५ को उपनियम १ को खण्ड ङ मा सिफारिस समितिको सदस्यमा आधिकारिक ट्रेड युनियनको अध्यक्ष प्रतिनिधि रहने व्यवस्था रहेकोमा सो व्यवस्था हटाइएको छ ।
यस्तै,मूल नियमावलीको ११७ को ख को उपनियम च बाट कर्मचारी सम्बन्धमा रहने समितिबाट आधिकारिक ट्रेड युनियनको अध्यक्ष प्रतिनिधि रहने व्यवस्था हटाइएको छ ।
यस्तै मूल नियमावलीको ११७ क मा निजामती कर्मचारी ट्रेड युनियनसँग सम्बन्धित व्यवस्था रहेकोमा सो १३३ क मा पीरमर्का र गुनासो सुन्ने व्यवस्था रहेकोमा सो समेत खारेज गरिएको छ । यस्तै निजामती सेवा नियमावलीको अनुसूची १७ ग खारेज गरिएको राजपत्रमा उल्लेख छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सम्पत्ति छानबिन आयोगमा १४ हजारले बुझाए विवरण, १५ सय उजुरी

थाइराइडको उपचार गर्न गएकी बिरामीको पाठेघर फाल्ने चिकित्सक कार्यकारी निर्देशक बन्ने दौडमा, मन्त्रालयदेखि मेडिकल काउन्सिलसम्म उजुरी

निजामती नियमावलीको एउटा दफा संशोधन,दुई दफा र एक अनुसूची खारेज

ई-पेन्सन सेवातर्फ आकर्षित बन्दै निवृत्त कर्मचारी, श्रेणीविहीनदेखि मुख्यसचिवसम्म लाभान्वित

कार्यालय सहयोगीदेखि उपसचिवसम्मका १०३ कर्मचारीको सरुवा

सात महिना नेतृत्व,सम्मानजनक बर्हिगमन

संगीता पहाडीसहित सबै प्रतिवादीलाई सफाइ

वडा सचिव सक्कली,प्रमाणपत्र नक्कली

बिशेष