ई-पेन्सन सेवातर्फ आकर्षित बन्दै निवृत्त कर्मचारी, श्रेणीविहीनदेखि मुख्यसचिवसम्म लाभान्वित

काठमाडौं । राष्ट्रिय कितावखानाले सञ्चालनमा ल्याएको विद्युतीय पेन्सन (ई-पेन्सन) सेवाप्रति निवृत्त कर्मचारीहरूको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको छ। श्रेणीविहीन कर्मचारीदेखि नेपाल सरकारका निवर्तमान मुख्यसचिवसम्मले यो सेवा उपयोग गरेपछि ई-पेन्सन प्रणाली प्रभावकारी र विश्वासयोग्य बन्दै गएको कितावखानाले जनाएको छ।

बिज्ञापन

राष्ट्रिय कितावखानाका अनुसार नेपाल सरकारका निवर्तमान मुख्यसचिव सुमनराज अर्यालले समेत ई-पेन्सन सेवा प्राप्त गरेपछि संस्थाले उहाँप्रति धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ। सार्वजनिक सेवालाई पूर्ण रूपमा विद्युतीय माध्यममा रूपान्तरण गर्ने अभियानअन्तर्गत करिब चार महिनाअघि पेन्सनसम्बन्धी कामलाई सहज, छरितो र पारदर्शी बनाउन ई-पेन्सन सेवा सञ्चालनमा ल्याइएको थियो।

बिज्ञापन

कितावखानाले वर्तमान सरकारले अघि सारेको सार्वजनिक सेवा प्रवाहको अवधारणालाई आत्मसात गर्दै आफ्ना सबै सेवालाई विद्युतीय प्रविधिमार्फत भौतिक उपस्थितिविनै उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ। सुगमदेखि दुर्गम, तराईदेखि हिमालपारिका जिल्लासम्मका सेवाग्राहीले कार्यालय धाउनुपर्ने बाध्यता हटाउँदै ‘फेसलेस सेवा’ प्रणाली सफलतापूर्वक कार्यान्वयन गरिएको दाबी गरिएको छ।

केही महिनाअघि विभागीय मन्त्री प्रतिभा रावलको उपस्थितिमा राष्ट्रिय कितावखानाका सबै सेवा भौतिक उपस्थितिविनै प्राप्त गर्न सकिने गरी पूर्ण रूपमा विद्युतीय प्रणालीमा रूपान्तरण भएको औपचारिक घोषणा गरिएको थियो।

बिज्ञापन

राष्ट्रिय कितावखानाका अनुसार २०८२ साल चैत ८ गतेदेखि सुरु गरिएको ई-पेन्सन सेवा हालसम्म ५६२ जना निवृत्त कर्मचारीले उपयोग गरिसकेका छन्। यो संख्या सो अवधिमा पेन्सन सेवा लिने कुल ६९९ जनामध्ये करिब ८० प्रतिशत हो। बाँकी करिब २० प्रतिशत सेवाग्राही भने अझै पनि प्रत्यक्ष रूपमा कार्यालयमै उपस्थित भएर सेवा लिइरहेका छन्।

ई-पेन्सन सेवा राजधानी वा सुगम जिल्लामा मात्र सीमित नरही ताप्लेजुङ, सोलुखुम्बु, मनाङ, मुस्ताङ, हुम्ला, जुम्ला, कालिकोट र दार्चुलालगायत दुर्गम जिल्लाका निवृत्त कर्मचारीले समेत उत्साहपूर्वक उपयोग गरिरहेको राष्ट्रिय कितावखानाले जनाएको छ।

राष्ट्रिय कितावखानाले ई-पेन्सन सेवाले समय, खर्च र झन्झट घटाउनुका साथै सार्वजनिक सेवा प्रवाहलाई थप पारदर्शी, सरल र प्रभावकारी बनाएको जनाएको छ। आगामी दिनमा बाँकी सेवाग्राहीलाई समेत विद्युतीय माध्यमबाट सेवा लिन प्रोत्साहित गर्दै सम्पूर्ण सेवा पूर्ण रूपमा डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने लक्ष्य रहेको पनि कितावखानाले जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

ई-पेन्सन सेवातर्फ आकर्षित बन्दै निवृत्त कर्मचारी, श्रेणीविहीनदेखि मुख्यसचिवसम्म लाभान्वित

कार्यालय सहयोगीदेखि उपसचिवसम्मका १०३ कर्मचारीको सरुवा

सात महिना नेतृत्व,सम्मानजनक बर्हिगमन

संगीता पहाडीसहित सबै प्रतिवादीलाई सफाइ

वडा सचिव सक्कली,प्रमाणपत्र नक्कली

२० बर्षदेखि एउटै भाडाको घरबाट कार्यालय सञ्चालित,स्थानान्तरणको बिषय फेरि अलपत्र

अब कर्मचारीको खराब आचरण स्थायी अभिलेखमा, राष्ट्रिय कितावखाना र सतर्कता केन्द्रले थाले दफा ५५क कार्यान्वयन

३ हजार २ सय कर्मचारीलाई नकारात्मक सूचीमा राख्ने तयारी

बिशेष