सात महिना मुख्य सचिव चलाएर सुमनराज अर्याललाई बिदाइ भएका छन् । गत ९ मंसिरमा ५८ वर्षे उमेरहदका कारण मुख्यसचिव एकनारायण अर्याल अनिवार्य अवकाशमा गएसँगै तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत रहेका सुमनराज अर्याललाई मुख्य सचिव नियुक्त गरेको थियो । सुशीला कार्कीको सरकारले सचिवहरूको वरियता नमिचि पहिलो नम्बरका अर्याललाई सचिवमा नियुक्ति गरेको थियो ।
बिज्ञापन
२०५३ सालमा अधिकृत, २०६६ सालमा उपसचिव, २०६८ सालमा सहसचिव, २०७७ साल माघमा सचिव र २०८२ मंसिरमा मुख्यसचिव भएका थिए। उनी ०७७ सालमा सचिवमा बढुवा भएका उनी तथ्यांक विज्ञ हुन । यस अधि राष्ट्रिय योजना आयोगबाट उनी रक्षा मन्त्रालयमा सरुवा भएका थिए । सचिव भएपछि उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, युवा तथा खेलकुद मन्त्रालय, महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयमा काम गरेका थिए । साथै, महालेखा नियन्त्रक कार्यालय र कोशी प्रदेशको प्रमुख सचिव भएरसमेत काम गरेका थिए । अर्याललाई सार्वजनिक प्रशासनमा स्वच्छ छविका प्रशासकका रुपमा चिनिदैं आएको छ । यो सात महिना मुख्य सचिव रहँदा जेनजी विद्रोहपछि संवेदनशील र चुनौतीपूर्ण अवस्थामा उनले प्रशासनिक नेतृत्व गरेका थिए । यस अघि २९ जना मुख्य सचिव चलाए । जसमध्ये थोरै मात्र निर्विवाद छन् । उनी अगाडिका मुख्यसचिवहरु एकनारायण अर्याल,बैकुण्ठ अर्यालदेखि सोमलाल सुवेदी,राजेन्द्रकिशोर क्षेत्री,लोकदर्शन रेग्मी हुन वा शंकरदास बैरागीका अनेकन विवादहरु सतहमा आए तर सुमनराज अर्यालको सात महिना अवधि मुख्य सचिव चलाउँदा कुनै विवादहरु सतहमा प्रकट भएनन् । उनै अर्याललाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिदाइ कार्यक्रमको आयोजना गरिएको थियो ।
बिज्ञापन

जहाँ नवनियुक्त मुख्य सचिव गोविन्दबहादुर कार्कीलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिइएको छ । नवनियुक्त मुख्यसचिव कार्कीको नेतृत्वमा निजामती प्रशासन अझ प्रभावकारी बन्ने अपेक्षा राखे । नवनियुक्त मुख्य सचिव कार्कीले नयाँ जिम्मेवारी इमानदारी, निष्पक्षता र उत्तरदायित्वका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै सरकारले अघि बढाएका निजामती सेवा सुधारसम्बन्धी नीतिलाई सार्वजनिक प्रशासन र निजामती सेवाको हितमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।




























