वडा सचिव सक्कली,प्रमाणपत्र नक्कली

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा कार्यरत पाँचौं तहका सहायक हिरालाल काफ्लेउपर मुद्दा दायर भएको छ । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

बिज्ञापन

२०५७ जेठ २ गते पालिकाको कार्यालय सहायक तृतीय पदमा अस्थायी नियुक्ति पाएका उनले ०६७ कात्तिक १५ गते मुखिया पदमा स्थायी नियुक्ति लिएका थिए । त्यसपछि ०७९ माघ १० गते सहायक पाँचौ तहमा बढुवा भए ।

बिज्ञापन

अख्तियारका अनुसार उनले नियुक्तिका बेला भारतको आसाम प्रदेशको गुहाटीस्थित बोर्ड अफ सेकेण्डरी एजुकेशनबाट एसएलसी परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र पेश गरेका थिए । तर, उजुरीपछि जाँच्दा उक्त सर्टिफिकेट नक्कली पुष्टि भएको छ ।

नक्कली प्रमाणपत्रका आधारमा सरकारी सेवामा प्रवेश गरी लाभ र सुविधा लिएको ठहर्याउँदै अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी गरेको छ ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष