३ हजार २ सय कर्मचारीलाई नकारात्मक सूचीमा राख्ने तयारी

सरकारले समयमा सम्पत्ति विवरण बुझाउन अटेरी गर्ने कर्मचारीहरुलाई नकरात्मक सूचीमा राख्ने तयारी गरेको छ । गत आर्थिक बर्षमा समयभित्रै सम्पत्ति विवरण नुबझाउने ३ हजार १९६ जना कर्मचारीहरुलाई कारवाही गर्दै ती कर्मचारीहरुबाट ३७ लाख बढी जरिवाना असुल गरेको जनाएको छ । सरकारले हरेक आर्थिक बर्ष शुरु भएको पहिलो ६० दिन अनिवार्य रुपमा सम्पत्ति विवरण दाखिला गर्नुपर्ने व्यवस्था राखेको छ । जस अनुसार राष्ट्रसेवकहरुले हरेक आर्थिक बर्षको श्रावण १ गते देखि भदौं मसान्तसम्ममा आफ्नो सम्पति विवरण दाखिला गर्नुपर्ने व्यवस्था छ । यसरी समयमा सम्पत्ति विवरण बुझाउन आनाकानी र अटेरी गर्ने कर्मचारीहरुलाई जरिवाना तिराउनुका साथैं नकरात्मक सूचीमा राख्ने तयारी भएको हो ।
यदी समयमा सम्पत्ति विवरण बुझाउन नसके उनीहरुलाई भ्रष्टाचार निवारण ऐन २०५९ वमोजिम रु १० हजार जरिवाना गर्ने व्यवस्था छ । किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार ६ महिनामै ३७ लाख ५५ हजार रूपैयाँ जरिवाना असुलउपर गरिएको हो । सम्पत्ति विवरण दाखिला नगर्ने कर्मचारीहरुबाट ०८२ पौष ११ गतेदेखि जरिवाना असुलीलाइ सेवा सुविधासँग आवद्ध गर्ने गरि विभागस्तरीय निर्णय गरिएको थियो। उक्त निर्णयको प्रभावकारी कार्यान्वयनको परिणाम स्वरुप ६ महिना भित्रै यस्ता कर्मचारीवाट रु ३७ लाख ५५ हजार जरिवाना असुल हुनसकेको महानिर्देशक श्रवण कुमार पोखरेलले जनाएका छन् । गत आर्थिक बर्षमा ३ हजार १९६ कर्मचारीले सम्पति विवरण वुझाएका थिएनन्। गत आर्थिक वर्षमा मात्रै ३ हजार १९६ जना कर्मचारीले सम्पत्ति विवरण बुझाएका थिएनन् ।

बिज्ञापन

सम्पत्ति विवरण बुझाउन अटेरी गर्ने कर्मचारीलाई निरुत्साहित गर्न राष्ट्रिय किताबखानाले सरुवा, बढुवालगायत प्रशासनिक निर्णय गर्दा उनीहरूलाई नकारात्मक सूचीमा राख्न सरोकारवाला निकायहरूलाई नीतिगत सुझाव समेत दिएको पोखरेलको भनाई छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

२० बर्षदेखि एउटै भाडाको घरबाट कार्यालय सञ्चालित,स्थानान्तरणको बिषय फेरि अलपत्र

अब कर्मचारीको खराब आचरण स्थायी अभिलेखमा, राष्ट्रिय कितावखाना र सतर्कता केन्द्रले थाले दफा ५५क कार्यान्वयन

३ हजार २ सय कर्मचारीलाई नकारात्मक सूचीमा राख्ने तयारी

४ वटा ऐन र एउटा अध्यादेश निस्क्रिय पार्दै सरकार

बिल पास गर्न दबाब दिँदै गाउँपालिका कार्यालयमै प्राविधिकमाथि कुटपिट, ‘हातखुट्टा भाँचिदिन्छौं, ज्यान मारिदिन्छौं’ भन्दै धम्की

कर्मचारीलाई नयाँ आचारसंहिता : कार्यास्थल बाहिर सेवाग्राही भेट्न बन्देज,समाजिक सञ्जाल चलाउन थप कडाइ

प्रधानन्यायधीशदेखि मुख्यसचिवसम्मको नियुक्तिले के संकेत गर्दछ ?

पाँच उजुरी, सरकारी छानबिन र कारबाही सिफारिसपछि पनि उपकुलपति दौडमा पूर्व निर्देशक

बिशेष