आयल निगमको सञ्चालक समितिमा अझैं ट्रेड युनियनकर्मीको प्रतिनिधित्व

सरकारले दलगत कर्मचरी संगठन खारेज गरेको भए पनि एक कर्मचारी ट्रेड युनियनका नेताले सोही सुविधा प्रयोग गरेर आयल निगममा सञ्चालक समिति सदस्य पदको सुविधा लिइरहेको पाइएको छ । सरकारले गत वैशाखमै अध्यादेशमार्फत दलगत कर्मचरी ट्रेड युनियन खारेजी गरेको थियो । सोही अध्यादेशका आधारमा गत वैशाख २३ गते देखि सबै दलगत कर्मचारी ट्रेड युनियनहरु खारेजी गरेको झण्डै डेढ महिना भइसकेको छ तर नेपाल आयल निगमको सञ्चालक समितिमा भने दलगत ट्रेड युनियनको प्रतिनिधित्व गर्दै बिरेन्द्र चन्द सदस्यको भूमिकामा बहालरत रहेको भेटिएको हो ।

बिज्ञापन

सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत दलगत कर्मचारी ट्रेड युनियनहरूको दर्ता खारेज गर्ने निर्णय गरेको थियो । सो सँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले नेपालका सबै राष्ट्रिय स्तरका निजामती कर्मचारी र स्वास्थ्य सेवाका कर्मचारीका ट्रेड युनियनहरू आठ वटा कर्मचारी ट्रेड युनियनहरु खारेजी गरिदिएको थियो । यसरी दलगत ट्रेड युनियनहरु खारेज भएको एक महिना पूरा भइसकेको भए पनि सोही सुविधा लिएर चन्द आयल निगमको वोर्डमा सुविधा लिइरहेको पाइएको हो ।

बिज्ञापन

यसरी खारेजीमा परेका निजामती कर्मचारीका ट्रेड युनियनहरूलाई सरकारी जग्गामा बनेका भवन तथा अन्य भौतिक संरचना ३ दिनभित्र खाली गर्न अल्टिमेटम दिएको भए पनि उद्योग वाणिज्य मन्त्रालयले आफैं मातहतको आयल निगमको सञ्चालक समिति सदस्यमा प्रतिनिधित्व गरिरहेको ट्रेड युनियनकर्मीलाई अझैं देखेको छैन ।
आयल निगमको सञ्चालक समिति अध्यक्ष छन्,सचिव कृष्ण राउत यस्तै सदस्यमा सहसचिव नेत्र सुवेदी,शंकर बहादुर केसी,कुमारी ज्योती श्रेष्ठ,नरबहादुर एयर,दिपक बरालका अलवा उनै विरेन्द्र चन्द वोर्ड मेम्बर छन् । चन्द नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघ केन्द्रीय समितिको अध्यक्षको भूमिकामा हुँदा आयल निगमको सञ्चालक सदस्य नियुक्त भएका हुन ।
उनी तीन बर्ष अगाडि नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघ (आधिकारिक ट्रेड युनियन) केन्द्रीय समितिको नवौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको अध्यक्षमा रहेको बोर्डमा चन्दले समेत प्रतिनिधित्व गर्दै आएका छन् । चन्द नेपाल आयल निगम राष्ट्रिय कर्मचारी संघको उपाध्यक्ष हुँदै अध्यक्ष भएका हुन ।
यो बिषयमा नेपाल आयल निगम र उद्योग वाणिज्य मन्त्रालयका पदाधिकारीहरुसँग जिज्ञासा राख्दा अधिकांश संस्थानको सञ्चालक समितिमा कर्मचारी ट्रेड युनियनको प्रतिनिधित्व रहेको र ती हटिनसकेको प्रतिक्रिया दिएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष