यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

मन्त्रिपरिषद्को बैठकले नियुक्ति,केही नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गरेको छ । वर्तमान मुख्यसचिव सुमनराज अर्याल असार २६ गते अनिवार्य अवकासमा जाने भएपछि सरकारले नयाँ नियुक्ति गरेको हो ।
यस्तै मन्त्रिपरिषद्को बैठकले गेटा अस्पताल कैलालीलाई सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ । यस्तै काठमाडौँ उपत्यका विकास प्राधिकरणको आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । शाक्य यस अघि काठमाडौं महानगरपालिकामा कार्यरत थिए ।

बिज्ञापन

यस्तै क्याविनेटले शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावली स्वीकृत गर्ने,करागार नियमावली स्वीकृत गर्ने,मानव अधिकार आयोगको छैटौं राष्ट्रिय कार्ययोजना स्वकीृत गर्ने र भ्रष्टाचारविरुद्धको दोश्रो रणनीतिक योजना स्वीकृत गर्ने निर्णय गरेको शिक्षामन्त्री सस्मित पोखरेलले जनाएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

औषधि आपूर्ति नै नभई सिस्टममा इन्ट्री, म्याद गुज्रेका औषधि लुकाएर करिब ३ करोड भ्रष्टाचार : निजामती अस्पतालका ८ कर्मचारीविरुद्ध मुद्दा

प्राधिकरणको विकास आयुक्तमा शाक्य

मुख्य सचिवमा गोविन्द कार्की नियुक्त

टिकापुर अस्पतालका दुई कर्मचारीबीच कुटाकुट

म्यादभित्र सम्पत्ति विवरण बुझाउन राष्ट्रिय किताबखानाको आग्रह, नबुझाए १० हजार रुपैयाँ जरिवाना

असारभित्रै १४ सचिव रिक्त,बढुवाको छैन सुरसार

मन्त्रिपरिषद् बैठक बस्दै,मुख्य सचिव नियुक्ति हुने सम्भवना

बिशेष