म्यादभित्र सम्पत्ति विवरण बुझाउन राष्ट्रिय किताबखानाको आग्रह, नबुझाए १० हजार रुपैयाँ जरिवाना

काठमाडौं । राष्ट्रिय किताबखानाले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण अनिवार्य रूपमा म्यादभित्र बुझाउन सबै निजामती कर्मचारीलाई आग्रह गरेको छ। किताबखानाले सार्वजनिक सूचना जारी गर्दै श्रावण १ गतेदेखि ६० दिनभित्र सम्पत्ति विवरण बुझाइसक्नुपर्ने जनाएको हो।

बिज्ञापन

सूचनाअनुसार तोकिएको अवधिभित्र मनासिब कारणबिना सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम १० हजार रुपैयाँ जरिवाना गरिनेछ।

बिज्ञापन

राष्ट्रिय किताबखानाका अनुसार सम्पत्ति विवरण बुझाउनु प्रत्येक निजामती कर्मचारीको कानुनी दायित्व भए पनि हरेक वर्ष उल्लेख्य संख्यामा कर्मचारीले यसलाई बेवास्ता गर्ने गरेका छन्। गत आर्थिक वर्षमा मात्रै तीन हजार एक सय ९६ जना कर्मचारीले सम्पत्ति विवरण बुझाएका थिएनन्।

कानुन कार्यान्वयन गर्ने कर्मचारीबाटै कानुनी दायित्वको उल्लङ्घन भएको भन्दै किताबखानाले २०८२ साल पुस ११ गतेदेखि जरिवाना असुलीलाई सेवा–सुविधासँग जोड्ने विभागीय निर्णय कार्यान्वयनमा ल्याएको थियो।

बिज्ञापन

राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेलका अनुसार उक्त निर्णय लागू भएपछि छ महिनाको अवधिमा मात्रै दुई सय ५० जना कर्मचारीबाट ३७ लाख ५५ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ। साथै, तीन जना निवृत्त कर्मचारीले जनही ७० हजार रुपैयाँ जरिवाना बुझाएपछि मात्रै पेन्सनपट्टा प्राप्त गरेका छन्।
महानिर्देशक पोखरेलले जरिवाना नतिरेसम्म सेवा–सुविधा प्राप्त नहुने व्यवस्था प्रभावकारी बन्दै गएको उल्लेख गर्दै चालु आर्थिक वर्षदेखि कानुन पालना गर्ने संस्कृतिको थप विकास हुने अपेक्षा व्यक्त गरे।
किताबखानाले कर्मचारी व्यवस्थापन गर्ने मन्त्रालय तथा सम्बन्धित निकायहरूले सरुवा, बढुवा लगायतका निर्णय गर्दा सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई नकारात्मक सूचीमा राख्ने बाध्यकारी व्यवस्था लागू गर्न सके यस्तो प्रवृत्तिलाई शून्यमा झार्न सकिने जनाएको छ।

यसका लागि आवश्यक परे सम्बन्धित निकायलाई कर्मचारी सूचना प्रणालीमा पहिचान तथा पहुँच उपलब्ध गराउन सकिने गरी राष्ट्रिय किताबखानाले प्रणालीमा आवश्यक सुधार गरिसकेको जनाएको छ।
राष्ट्रिय किताबखानाले आर्थिक वर्ष २०८२/८३ को सम्पत्ति विवरण बुझाउने सम्बन्धी विस्तृत सार्वजनिक सूचना प्रकाशित गर्दै सबै निजामती कर्मचारीलाई तोकिएको समयभित्र अनिवार्य रूपमा सम्पत्ति विवरण बुझाउन तथा कानुनी कारबाहीबाट जोगिन आग्रह गरेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

३६ औँ वरीयताका सचिव गोविन्दबहादुर कार्की बने मुख्यसचिव, सिंहदरबारमा खैलाबैला

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

औषधि आपूर्ति नै नभई सिस्टममा इन्ट्री, म्याद गुज्रेका औषधि लुकाएर करिब ३ करोड भ्रष्टाचार : निजामती अस्पतालका ८ कर्मचारीविरुद्ध मुद्दा

प्राधिकरणको विकास आयुक्तमा शाक्य

मुख्य सचिवमा गोविन्द कार्की नियुक्त

टिकापुर अस्पतालका दुई कर्मचारीबीच कुटाकुट

म्यादभित्र सम्पत्ति विवरण बुझाउन राष्ट्रिय किताबखानाको आग्रह, नबुझाए १० हजार रुपैयाँ जरिवाना

असारभित्रै १४ सचिव रिक्त,बढुवाको छैन सुरसार

बिशेष