असारभित्रै १४ सचिव रिक्त,बढुवाको छैन सुरसार

उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्कर हिजोबाट अनिवार्य अवकाशमा गएका छन् । सचिवको पाँच वर्षे कार्यकाल पूरा गरी सचिव पुष्कर अनिवार्य अवकाशमा गएका हुन् । ०७८ असार २४ गते सचिवमा बढुवा भएका उनी पाँच बर्ष कार्याकाल पूरा गरेर अवकाशमा गएका हुन । सचिव बढुवा भएसँगै राजस्व सचिव,अर्थ सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, तत्कालीन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा उपराष्ट्रपतिको कार्यालयमा सचिवबाट अवकाश पाएका हुन ।

बिज्ञापन

अघिल्लो साता सचिव चिरञ्जीवी चटौत असार १५, प्रमिलादेवी शाक्य बज्राचार्य असार १७ र मधुसुदन बुर्लाकोटी असार २१ गते अनिवार्य अवकाशमा गइसकेका छन् । यस्तै असार २६ मा मुख्य सचिव सुमनराज अर्याल र उनी अवकाशमा गएको भोलिपल्टै सचिव खगेन्द्रप्रसाद नेपाल अनिवार्य अवकाशमा जाँदैछन् । यी सचिव पनि अनिवार्य अवकाशमा गए पछि रिक्त सचिवको संख्या १४ पुग्नेछ तर सरकारले फागुन यता सचिवहरुको बढुवा गरेको छैन ।
निजामती किताबखानाको विवरण अनुसार हाल नेपाल प्रशासन सेवामा ३६ मध्ये आठ सचिवको पद रिक्त हुँदा इन्जिनियरिङ सेवाका ८ दरबन्दीमा ३ पद रिक्त छ । त्यस्तै, नेपाल वन सेवामा रहेको सचिवको एक गरी १२ सचिवको दरबन्दी रिक्त हुन पुगेको छ । यही साता थप दुई सचिव अवकाशमा जाँदा १४ सचिव पद रिक्त हुँदैछ ।
गत फागुनदेखि सचिव बढुवाको प्रक्रिया अवरुद्ध हुँदा बरिष्ठ सहसचिवहरु मारमा परेका गुनासो पोखेका छन् । बढुवाको मुखैमा आइपुग्दा सरकारको नीतिका कारण बरिष्ठ सहसचिवहरु सोही पदबाट घर फर्किनुपर्ने स्थितिमा पुगेका हुन । एकै पटक १२ सचिवको दरबन्दी रिक्त हुँदा समेत सरकारले सचिव बढुवा प्रक्रिया अगाडि नबढाउँदा बढुवाको मुखमा परेका बरिष्ठ सहसचिवहरु मारमा परिरहेका हुन ।
गत फागुनमा प्रशासनतर्फका एक,चैत्रमा प्राविधिक दुई,वैशाखमा प्राविधिक दुई सचिव अनिवार्य अवकाश लागेर घर फर्किएकामा असार महिना लागे पछि तीन जना प्राविधिक,दुई जना प्रशासनका सचिवहरु अनिवार्य अवकाशमा गएका हुन । फागुनदेखि असारमहिनाभरीमा १४ सचिवहरु अनिवार्य अवकाशमा गए पछि सचिव बढुवा प्रक्रिया अवरुद्ध छ ।

बिज्ञापन

यस अघि सचिव रामआधार साह अनिवार्य अवकाशमा गए पनि सो ठाउँमा समेत बरिष्ठ सहसचिवहरु बढुवा हुन सकेका छैनन् । विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामआधार साह ५८ वर्ष पूरा भएर गत वैशाख ९ गते अनिवार्य अवकाशमा गएका थिए । यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरे फागुन १० गते अनिवार्य अवकाशमा गए पनि पदपूर्ति हुन सकेको छैन । यस्तै गत ९ चैत्रमा मात्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा र चैत्र १३ मा दिपक खराल अनिवार्य अवकाशमा गएसँगै सो पद पनि रिक्त रहेको छ । नेपाल सरकारले सचिव स्तरमा ७१ दरबन्दी कायम गरेको छ । त्यसमध्य हाल १२ जनाको पदपूर्ति हुन सकेको छैन । अझैं २ सचिवहरु घर जाँदैछन् । उसो त सरकारले असार महिनाभित्रैमा मन्त्रालयहरुको ओएण्डअएमको काम चल्दैछ । स्रोतहरुका अनुसार सरकारले कम्तिमा १० सचिवको दरबन्दी कटौती गर्ने भनिए पनि सात मन्त्रालय बाहेक अन्य मन्त्रालयले टुंग्याउन सकेका छैनन् । ओएण्डएम गर्दा कम्तिमा १० सचिवको दरबन्दी कटौती भएको खण्डमा बढुवाको मुखमा रहेका बरिष्ठ सहसचिवहरु थप मर्कोमा पर्नेछन् र सहसचिवबाटै घर जानुपर्ने स्थिति बन्ने देखिदैछ ।

सचिव बढुवा हुने लाइनमा बरिष्ठ सहसचिवहरु इन्दु घिमिरे, कमल प्रसाद भट्टराई,श्रीकृष्ण नेपाल,कालीप्रसाद पराजुली,नारायण प्रसाद भट्ट,उत्तर कुमार खत्री, आभा कर्ण श्रेष्ठ,चक्रवहादुर वुढा,जयनारायण आचार्य, रूद्रमान सिंह तामाङ लगायत रहेका छन् । यस्तै प्राविधिकतर्फ बुद्धिसागर लामिछाने भ्रष्टाचार मुद्धा लागेसँगै उर्जा मन्त्रालयका नवीनराज सिंह, सञ्जीव कुमार देव प्राविधिकतर्फबाट सचिव बन्ने प्रतिष्प्रर्धामा रहेका छन् ।
सचिव बढुवाका लागि लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा आयोगका एक जना सदस्य, मुख्य सचिव, लोकसेवाद्वारा मनोनीत विषय विज्ञ सदस्य र सामान्य प्रशासन मन्त्रालयको सचिव सदस्यसचिव हुने सिफारिस समितिले बढुवाका लागि योग्य सहसचिवका नाम रिक्त पद संख्याभन्दा तेब्बर संख्यामा सिफारिस गर्ने व्यवस्था कानुनमा उल्लेख छ तर चार महिनादेखि सचिव बढुवा सिफारिस हुन सकेको छैन ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरु

औषधि आपूर्ति नै नभई सिस्टममा इन्ट्री, म्याद गुज्रेका औषधि लुकाएर करिब ३ करोड भ्रष्टाचार : निजामती अस्पतालका ८ कर्मचारीविरुद्ध मुद्दा

प्राधिकरणको विकास आयुक्तमा शाक्य

मुख्य सचिवमा गोविन्द कार्की नियुक्त

टिकापुर अस्पतालका दुई कर्मचारीबीच कुटाकुट

म्यादभित्र सम्पत्ति विवरण बुझाउन राष्ट्रिय किताबखानाको आग्रह, नबुझाए १० हजार रुपैयाँ जरिवाना

असारभित्रै १४ सचिव रिक्त,बढुवाको छैन सुरसार

मन्त्रिपरिषद् बैठक बस्दै,मुख्य सचिव नियुक्ति हुने सम्भवना

बिशेष