मन्त्रिपरिषद् बैठक बस्दै,मुख्य सचिव नियुक्ति हुने सम्भवना

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को बैठकले दिउँसो साढे ३ बजे सिंहदरबारमा बस्नेगरी बैठक बोलाएको हो । आजको बैठकमा मुख्यसचिव नियुक्तिबारे निर्णय हुनसक्ने बताइएको छ ।

बिज्ञापन

आठ महिना अघि मुख्यसचिव नियुक्त भएका सुमनराज अर्यालको कार्यकाल शुक्रवारबाट सकिँदैछ । मुख्यसचिव अर्याल ५८ वर्षे उमेरहदका कारण असार २६ गते अनिवार्य अवकाशमा जाँदैछन् । उनलाई सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले २०८२ मंसिर ८ गते मुख्यसचिव पदमा नियुक्त गरेको थियो । त्यसअघि मुख्य सचिव एकनारायण अर्याल थिए ।

बिज्ञापन

आजको क्याविनेटले ३० औं मुख्यसचिवका नियुक्ति गर्न सक्ने सम्भवना रहेको बताइएको छ । नयाँ मुख्यसचिवका लागि वरिष्ठताका आधारमा किरणराज शर्मा अगाडि छन् भने गृह सचिव राजकुमार श्रेष्ठ,पूर्वाधार सचिव गोपालप्रसाद सिग्देल,गोविन्दबहादुर कार्कीमध्ये एक जना मुख्यसचिवमा बढुवा हुने सम्भावना छ। यस अघिका सरकारले वरिष्ठता, कार्यसम्पादन,नेतृत्व क्षमता तथा सरकारको प्राथमिकतालाई आधार बनाएर मुख्यसचिव नियुक्त गरिँदै आएकोमा यस पटक प्राविधिक पृष्टभूमिका मन्त्रीले प्राविधिक सचिवलाई नै मुख्य सचिव नियुक्त गर्ने सक्ने चर्चा समेत शुरु मएको छ । पूर्वाधार मन्त्री सुनिल लम्साल आफ्ना सचिव सिग्देल र गृहमन्त्री सुधन गुरुङ्ग आफ्ना जिल्लावासी श्रेष्ठको निम्ति बल गरिरहेको बताइन्छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रिपरिषद् बैठक बस्दै,मुख्य सचिव नियुक्ति हुने सम्भवना

पूर्वाधार मन्त्रालयमा दुई सुपरिटेन्डेन्ट इन्जिनियरको जिम्मेवारी हेरफेर

घुससहित सब-डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख पक्राउ

सहसचिव बरण्डामा,उपसचिवलाई जिम्मेवारी

कम्युटर अपरेटरदेखि सहसचिवसम्मको सरुवाको सूची तयार

मुख्य सचिवका चार प्रवल दाबेदार,कस्को सम्भवना बढी ?

तीन हप्तामा ४३ उपसचिव, ६ जना सहसचिव सहित १७८ जना कर्मचारीले दिए राजीनामा

राष्ट्रिय कितावखाना र कर्मचारी सञ्चयकोषबीच समझदारी, सेवा प्रणाली अन्तरआबद्ध हुने

बिशेष