पूर्वाधार मन्त्रालयमा दुई सुपरिटेन्डेन्ट इन्जिनियरको जिम्मेवारी हेरफेर

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले दुई जना सहसचिव (सुपरिटेन्डेन्ट इन्जिनियर)को जिम्मेवारी हेरफेर गरेको छ।

बिज्ञापन

मन्त्रालयले सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंका सुपरिटेन्डेन्ट इन्जिनियर शुभराज न्यौपानेलाई योजना महाशाखाको प्रमुखको जिम्मेवारी दिएको हो। उक्त जिम्मेवारी यसअघि सुपरिटेन्डेन्ट इन्जिनियर प्रभाव कुमार झाले सम्हाल्दै आएका थिए। केही दिनअघि झाले राजीनामा दिएपछि रिक्त रहेको जिम्मेवारी न्यौपानेलाई दिइएको मन्त्रालय स्रोतले जनाएको छ। न्यौपानेले उपमहानिर्देशक सहित सम्भवत विभागको प्रवक्ताको जिम्मेवारी सम्हाल्नेछन्।

बिज्ञापन

त्यसैगरी, न्यौपानेले सम्हाल्दै आएको सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंको जिम्मेवारी नागढुङ्गा सुरुङमार्ग (टनेल) आयोजनामा कार्यरत सुपरिटेन्डेन्ट इन्जिनियर सौजन्य नेपाललाई दिइएको छ।

नेपाल करिब एक वर्षअघि इन्जिनियरबाट बढुवा भएर सुपरिटेन्डेन्ट इन्जिनियर बनेका हुन्। बढुवापछि उनले पहिलोपटक महत्त्वपूर्ण नेतृत्वदायी जिम्मेवारी पाएका छन्।

बिज्ञापन

मन्त्रालयले प्रशासनिक कार्यलाई थप प्रभावकारी बनाउन तथा रिक्त पदहरूमा आवश्यक व्यवस्थापन गर्ने उद्देश्यले जिम्मेवारी हेरफेर गरेको जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो

प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला नछाड्न परिपत्र

सरकारले रोक्यो नयाँ स्थायी पदपूर्ति

नयाँ दरबन्दीमा कडाइदेखि विदा पुनरवलोकन गर्ने कार्यदलसम्म : यस्ता छन सचिव बैठकका २२ निर्णय

सहसचिवको संयोजकत्वमा सार्वजनिक बिदा पुनरवलोकन कार्यदल गठन

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सचिवबीच छलफल

कर छलीदेखि जनस्वास्थ्यसम्मः ‘एक्सट्रिम–म्याक्स टाइगर’ प्रकरणमा सरकारी निकायकै संरक्षण

बारम्बार तेल चोरी हुने विराटनगर डिपोमा बिनी श्रेष्ठको नजर

बिशेष