सहसचिव बरण्डामा,उपसचिवलाई जिम्मेवारी

कर्मचारी सरुवामा विगतमा जस्तै विकृतीहरु देखिएका छन् । यस्तो विकृती गृह मन्त्रालयमा देखिएको छ । यही शुक्रबार गृह मन्त्रालयले ४२ उपसचिवको सरुवा गर्दा १० वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु हेरफेर भए । सरुवाको सूची अनुसार,जुम्ला र डडेलधुरामा प्रमुख जिल्ला अधिकारी फेरिए । यी जिल्लामा सहसचिवको दरबन्दी भए पनि गृहले उपसचिवलाई त्यहाँ खटाएको हो । जबकी गृहको बरण्डामा २ सहसचिवहरु काम र जिम्मेवारी नपाएर बसिरहेका छन् । गृहसचिव राजकुमार श्रेष्ठ स्तरीय निर्णयबाट जुम्लामा उपसचिव तेजप्रकाश प्रसाईं र डडेलधुरामा उपसचिव मिना अर्याललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइयो । प्रसाई झापाको सहायाक सिडियो थिए भने मिना गृहको कर्मचारी प्रशासन शाखामा कार्यरत थिइन । यसरी कर्मचारी खटाउँदा डडेलधुरामा उपसचिवको अण्डरमा उपसचिव बसेर काम गर्नुपर्ने स्थिति बनेको छ ।
डडेलधुराको सहसचिव सिडिओ विष्णुप्रसाद कोइरालाको बैशाख दोस्रो साता कोशी प्रदेशमा स्रुवा भएसँगै अमर वलीलाई सिडिओको जिम्मेवारी दिइएको थियो । मन्त्रालयले उनलाई अन्यन्त्र सरुवा नगरी गृहको कर्मचारी प्रशासन शाखाबाट मिनालाई सिडिओमा खटाउँदा एउटै जिल्लामा दुई सिडियो हुने स्थितिमात्र आएन । यस अघि सिडियो चलाइसकेका वली सोही जिल्लामा सहयाक सिडियो भएर काम गर्नुपर्ने स्थिति पैदा भएको छ ।

बिज्ञापन

अझैं रोचक त,यसरी खटन पटन गरिँदा गृह आफैले बनाएको मापदण्डलाई समेत कुल्चिएको पाइन्छ । प्रमुख जिल्ला अधिकारीहरूको पदस्थापना वा सरुवा गर्ने वा कामकाज गर्न खटाउने सम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०८०’ अनुसार जुम्ला र डडेलधुरालाई सहसचिव सीडीओ भएर खटिने ‘ग’ वर्गमा राखिएको छ । उपसचिवलाई सिडियो बनाएर खटाउँदा अहिले पनि गृह मन्त्रालयमा पुष्पराज शाही र भूपेन्द्र थापा जगेडामा छन् । नायब सुब्बा, शाखा अधिकृत र उपसचिवमा पिछडिएको क्षेत्रबाट लाभ लिएका शाहीलाई सोही क्षेत्रको सिडियोको जिम्मेवारीमा पठाउन सकिन्थ्यो तर गृहले खटन पटनमा त्यसो गरेन । यस्तै यस अघि वन मन्त्रालयबाट गृहको जगेडामा पुगेका सहसचिव भुपेन्द्र थापालाई कुनै जिम्मेवारी दिन सकेको छैन । बरु उपसचिवलाई सहससिचको दरबन्दी भएको जिल्लामा खटाएको छ ।

बिज्ञापन

गृह कर्मचारी प्रशासन शाखाका अनुसार,त्यहाँ अझैं मोहन न्यौपाने, दिनेश थानी र कृतनराज पौडेल अतिरिक्त समूहमा छन् । कर्मचारी सरुवामा कतिसम्म गडबडी देखिएको छ भने माओवादी सरकार हुँदा सामान्य, अर्थ, गृह जस्ता मन्त्रालयको कर्मचारी प्रशासन शाखामा डेरा जमाएका कमान सिंह थापा मगरलाई सोलुखुम्बु जस्तो आकर्षक जिल्लाको सिडिओमा पठाइएको छ । यी तिनै कर्मचारी हुन,बर्षमान अर्थमन्त्री हुँदा सचिवालयमा बसेर अनेकन बदमासीमा मुछिएका थिए । माओवादी सत्तामा हुँदा नारायणकाजी श्रेष्ठदेखि बर्षमान पुनसम्मको सचिवालयमा बसेका र अघिल्लो पटक गोर्खाको एउटा स्थानीय तहमा खटाएको थियो । सरुवा उल्टाएर छोटै समयमा गृह फर्किएका उनी त्यहाँबाट त्रिवि अध्यागमनमा फड्को मारेका उनलाई सोलुखुम्बु जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाइएको घटनाक्रमले गृह मन्त्रालयले चाहिरहेको सुशासनलाई स्पष्ट पारेको गृहको कर्मचारीहरुले बताएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सहसचिव बरण्डामा,उपसचिवलाई जिम्मेवारी

कम्युटर अपरेटरदेखि सहसचिवसम्मको सरुवाको सूची तयार

मुख्य सचिवका चार प्रवल दाबेदार,कस्को सम्भवना बढी ?

तीन हप्तामा ४३ उपसचिव, ६ जना सहसचिव सहित १७८ जना कर्मचारीले दिए राजीनामा

राष्ट्रिय कितावखाना र कर्मचारी सञ्चयकोषबीच समझदारी, सेवा प्रणाली अन्तरआबद्ध हुने

सेनाका दुईतारे जर्नेललाई चिकित्सा शिक्षा आयोगको जिम्मेवारी

५५ वर्षमै अनिवार्य अवकासको प्रस्तावमा कानुन मन्त्रालयको असहमति, निजामती विधेयक डेढ महिनादेखि रोकियो

बिहिबार मध्यरातीदेखि सूत्र प्रणाली बन्द

बिशेष