सेनाका दुईतारे जर्नेललाई चिकित्सा शिक्षा आयोगको जिम्मेवारी

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्रबहादुर खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन्द्र शाहले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन्।

बिज्ञापन

नवनियुक्त उपाध्यक्ष खत्रीलाई शिक्षा तथा खेलकुद मन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले मन्त्रालयमा आयोजित कार्यक्रममा नियुक्तिपत्र हस्तान्तरण गरेका छन्।

बिज्ञापन

आयोगको उपाध्यक्ष पद केही समयदेखि रिक्त रहेको थियो। यसअघि पूर्व उपाध्यक्ष डा. अञ्जनीकुमार झा सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्थासम्बन्धी अध्यादेश कार्यान्वयनपछि पदमुक्त भएका थिए। त्यसपछि आयोगको नियमित काम प्रभावित नहोस् भनेर पूर्व उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी दिइएको थियो।

रिक्त पदका लागि १० जनाले आवेदन दिएका थिए। आवेदन दिनेमा पूर्व उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व सचिव डा. रोशन पोखरेल, प्रा.डा. गेहनाथ बराल, प्रा.डा. दिनेशकुमार लम्साल, प्रा.डा. दीपेन्द्र श्रेष्ठ, सहप्राध्यापक डा. प्रमोदकुमार यादव, प्रा.डा. सञ्जयकुमार श्रेष्ठ, प्रा.डा. सुरज बज्राचार्य, प्रा.डा. शैलेश प्रधानसहित डा. देवेन्द्रबहादुर खत्री रहेका थिए।

बिज्ञापन

छनोट समितिले उम्मेदवारहरूको सोचपत्र प्रस्तुतीकरण, कार्ययोजना र अन्तर्वार्ताका आधारमा सिफारिस गरेको सूचीबाट प्रधानमन्त्री शाहले डा. खत्रीलाई उपाध्यक्षमा नियुक्त गरेका हुन्।

डा. खत्री नेपाली सेनाका दुईतारे जर्नेलका रूपमा लामो समय स्वास्थ्य सेवा तथा व्यवस्थापन क्षेत्रमा कार्यरत रहिसकेका व्यक्ति हुन्। उनको नियुक्तिसँगै चिकित्सा शिक्षा सुधार, नियमन तथा चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धिसम्बन्धी आयोगका कामले थप गति लिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष