५५ वर्षमै अनिवार्य अवकासको प्रस्तावमा कानुन मन्त्रालयको असहमति, निजामती विधेयक डेढ महिनादेखि रोकियो

५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा गरेका निजामती कर्मचारीलाई अनिवार्य अवकास दिने प्रस्तावप्रति कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले असहमति जनाएको छ। संविधान र प्रचलित कानुनसँग उक्त व्यवस्था मेल नखाने निष्कर्षसहित कानुन मन्त्रालयले निजामती सेवा विधेयकको मस्यौदामा पुनर्विचार आवश्यक रहेको संकेत गरेको स्रोतले जनाएको छ।

बिज्ञापन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको निजामती सेवासम्बन्धी विधेयकको मस्यौदा गत १२ जेठमा कानुन मन्त्रालय पठाएको थियो। तर, एक महिनाभन्दा बढी समय बितिसक्दा पनि कानुन मन्त्रालयले विधेयकमा अन्तिम सहमति दिएर फिर्ता पठाएको छैन।

बिज्ञापन

कानुन मन्त्रालयका अधिकारीहरूका अनुसार ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पुगेपछि अनिवार्य अवकास दिने प्रस्ताव संविधानको समानता, रोजगारीको अधिकार तथा विद्यमान कानुनी व्यवस्थासँग मेल खान्छ वा खाँदैन भन्ने विषयमा गम्भीर कानुनी परीक्षण भइरहेको छ। त्यसैले उक्त व्यवस्था जस्ताको त्यस्तै अघि बढाउन उपयुक्त नहुने प्रारम्भिक निष्कर्ष मन्त्रालयको रहेको बताइएको छ।

निजामती सेवा विधेयक कानुन मन्त्रालयबाट सहमति प्राप्त भएपछि मात्रै मन्त्रिपरिषद्मा पेश हुने र त्यसपछि संसद्को प्रक्रियामा जानेछ। तर, अवकास उमेरसम्बन्धी विवादका कारण विधेयकको प्रक्रिया नै प्रभावित भएको छ।

बिज्ञापन

सरकारले प्रशासनिक संरचना चुस्त बनाउने, नयाँ पुस्तालाई अवसर सिर्जना गर्ने र कर्मचारी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित ५५ वर्षमै अनिवार्य अवकास दिने प्रस्ताव अघि सारेको थियो। तर कर्मचारी संगठनहरू, प्रशासनविद् तथा सरोकारवालाहरूले भने यस्तो व्यवस्था हतारमा लागू गर्दा अनुभवी जनशक्ति एकैपटक बाहिरिने, राज्यको संस्थागत स्मृतिमा असर पर्ने तथा संविधानसँग बाझिने जोखिम रहेको भन्दै विरोध जनाउँदै आएका छन्।

अब कानुन मन्त्रालयको रायका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विवादित व्यवस्थामा संशोधन गर्ने वा पुरानै प्रस्तावलाई थप कानुनी आधारसहित अघि बढाउने भन्ने विषयमा निर्णय लिनुपर्ने अवस्था देखिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो

प्रमुख प्रशासकीय अधिकृतलाई जिल्ला नछाड्न परिपत्र

सरकारले रोक्यो नयाँ स्थायी पदपूर्ति

नयाँ दरबन्दीमा कडाइदेखि विदा पुनरवलोकन गर्ने कार्यदलसम्म : यस्ता छन सचिव बैठकका २२ निर्णय

सहसचिवको संयोजकत्वमा सार्वजनिक बिदा पुनरवलोकन कार्यदल गठन

बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सचिवबीच छलफल

कर छलीदेखि जनस्वास्थ्यसम्मः ‘एक्सट्रिम–म्याक्स टाइगर’ प्रकरणमा सरकारी निकायकै संरक्षण

बारम्बार तेल चोरी हुने विराटनगर डिपोमा बिनी श्रेष्ठको नजर

बिशेष