भन्सार विभागको महानिर्देशकमा यमलाल, आन्तरिकमा डाक्टर भीष्म

अर्थ मन्त्रालयले राजस्व प्रशासनका दुई महत्वपूर्ण निकायमा नेतृत्व परिवर्तन गर्दै नयाँ महानिर्देशकहरू नियुक्त गरेको छ।

बिज्ञापन

मन्त्रालयले भन्सार विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव यमलाल भुसाललाई दिएको छ। यसअघि विभागको निमित्त महानिर्देशकको जिम्मेवारी सम्हालिरहेका भरतमणि पाण्डेयलाई भने अर्थ मन्त्रालयबाहिर सरुवा गरिएको छ। साथै, विभागको उपमहानिर्देशकमा सहसचिव प्रेमप्रसाद आचार्यलाई नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।

बिज्ञापन

त्यसैगरी, आन्तरिक राजस्व विभागको महानिर्देशकमा सहसचिव डा. भीष्मकुमार भुसाललाई जिम्मेवारी दिइएको छ। विभागका तत्कालीन महानिर्देशक रमेश अर्याललाई पनि अर्थ मन्त्रालयबाहिर सरुवा गरिएको छ।

अर्थ मन्त्रालयका अनुसार नयाँ जिम्मेवारी पाएका यमलाल भुसाल, डा. भीष्मकुमार भुसाल र प्रेमप्रसाद आचार्य हालै मन्त्रिपरिषद्को निर्णयबाट अर्थ मन्त्रालयमा सरुवा भएर आएका सहसचिव हुन्। मन्त्रालयमा आएलगत्तै उनीहरूलाई राजस्व संकलनसँग प्रत्यक्ष सम्बन्धित प्रमुख निकायको नेतृत्व र व्यवस्थापकीय जिम्मेवारी सुम्पिएको हो।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष