४२ उपसचिवको सरुवा,११ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर (सूचीसहित)

गृह मन्त्रालयले एकै पटक ४२ जना उपसचिवहरुको सरुवा गरेको छ ।शुक्रवारको निर्णय अनुसार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी,सहायक प्रमुख जिल्ला अधिकारीहरु सरुवा भएका हुन । निर्णय अनुसार ११ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु हेरफेर भएका छन् ।

बिज्ञापन

सूची अनुसार, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहाललाई ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर खटाइएको छ भने काभ्रेपलाञ्चोकबाट सहायक प्रजिअ भोलानाथ गुरागाईलाई हुम्लाको प्रमुख जिल्ला अधिकारी,बरिष्ठ अध्यागमन अधिकृत कमान सिंह थापा मगरलाई जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा खटाएको छ,गृहले ।
यस्तै,जिप्रका खोटाङको सहायक प्रजिअ कोपिला राईलाई रुकुम पूर्व प्रमुख जिल्ला अधिकारी,जिप्रका सुनसरीका सहायक प्रजिअ नरेन्द्र परियारलाई जिल्ला प्रशासन कार्यालय रसुवाको प्रजिअको जिम्मेवारी दिइएको छ । सरुवा सूची अनुसार,सुस्ता पश्चिमबाट पोषण राज भण्डारीलाई मुगुको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइदा इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट मुक्ति प्रसाद खनाललाई मनाङको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । यस्तै,अर्घाखाँचीका सहायक प्रजिअ छविलाल भुषाललाई कालिकोट खटाइँदा गृहका उपसचिव वर्तराज पौडेललाई दार्चुलाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
यता,झापाको सहायक प्रजिअ तेज प्रकाश प्रसाईलाई जुम्लाको प्रमुख जिल्ला अधिकारी बनाइँदा गृहबाट मीना अर्याल डडेलधुराको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पाएकी छिन् । यस्तै,पोषण लामिछानेलाई सुनसरीको सहायक प्रमुख जिल्ला अधिकारी,दीपक पौडेललाई लमजुङको सहायक प्रमुख जिल्ला अधिकारी,लक्ष्मीदेवी शर्मालाई भक्तपुरको सहयाक सिडियोको जिम्मेवारी दिइएको गृहले जनाएको छ ।
सूची अनुसार,शिवराम सेढाई पाल्पाको सहायक प्रजिअ,कारागारबाट कृष्ण प्रसाद चापागाई पर्साको सहायक सिडियोका जिम्मेवारी दिएर खटाइएको छ । यस्तै अनिल पौडेललाई दार्चुलाबाट धादिङको सहायक प्रमुख जिल्ला अधिकारीका रुपमा खटाइएको छ ।गृहबाट भुदेव झा र सुरथ पोखरेललाई धनुषाको सहायक प्रमुख जिल्ला अधिकारी, भूमिश्वर पोखरेल र सहदेव रायमाझीलाई झापाको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सुम्पिइदा कैलालीका सहायक प्रजिअ किरण जोशीलाई गुल्मी सारिएको छ भने मुगुका सिडियो खडानन्द खत्रीलाई सहयाक प्रजिअको रुपमा कैलाली खटाइएको छ । लमजुङका सहायक सिडियो थम्मन सिंह गौतम सहायक सिडियोको रुपमा कास्की,सोलुखुम्बुको प्रजिअ लीला कुमारी केसीलाई सहायक प्रजिअको भूमिकामा काभ्रेपलाञ्चोक,ओम प्रसाद भट्टराईलाई धादिङबाट उदयपुरको सहायक सिडियो,रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थी सहायक प्रजिअको भूमिकामा अर्घाखाँची सरुवा हुँदा रुकुम पूर्वबाट सीता परियारलाई पञ्जिकरण विभागमा सरुवा गरिएको छ ।
यस्तै,विश्वामित्र कुँइकेललाई इलाका प्रशासन साँखु,पाल्पाबाट ऋृषिराम सुवेदीलाई इलाका प्रशासन चन्द्रौटा पुर्याइदा अध्यागमनबाट फणिन्द्र पौडेल,कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागबाट सुभाष न्यौपाने,डिल्लीबजार कारागारबाट बाबुराम अर्याल,मनाङको प्रमुख जिल्ला अधिकारी नवराज पौडेल,झापाका सहायक प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने,अध्यागमनबाट अच्यूत ढुंगना,धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद गैह्रे,भक्तपुरबाट सहायक प्रजिअ सुरेश अचार्य गृहमा फिर्ता हुँदा उदयपुरबाट सहायक प्रजिअ विक्रम प्रसाद पाण्डेयलाई डिल्लीबजार कारागार,कालिकोटका सिडियो गोकर्ण सुयललाई सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपाने र हुम्लाको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीलाई अध्यागमन विमानस्थलमा खटाइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४२ उपसचिवको सरुवा,११ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर (सूचीसहित)

सामान्य प्रशासनमन्त्रीको १ सय दिन : निजामती विद्येयकको मस्यौदा तयार पार्नेदेखि सरुवा अनिवार्य अनलाइन प्रणालीसम्म

विपद प्राधिकरणमा निमोठिँदै ‘मेरिटोक्रेसी’

कम्पनी रजिष्ट्रारमा २० कर्मचारीको दरबन्दी कटौती प्रस्ताव

प्रमुख प्रशासकीय अधिकृत,इञ्जिनियर,लेखापालसहित चार विरुद्ध भ्रष्टाचार मुद्धा

पर्यटन मन्त्रीले गरे ५ संस्थामा २५ जनालाई नियुक्ति

कर्मचारीको उपचार गर्न सिंहदरबारभित्रै निजामती अस्पतालको इकाइ,७ हजार कर्मचारी लाभन्वित

संवैधानिक परिषद्को बैठक बस्दै, रिक्त १५ पदमा होला त नियुक्ति ?

बिशेष