भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले एक सय दिनमा गरेको ४८ वटा कामको सूची सार्वजनिक गरेकी छिन् ।
बिज्ञापन
मन्त्री रावलले यो अवधिमा २२३ स्थानीय तह निमित्तको भरमा सञ्चालन भइरहेकोमा प्रमुख प्रशासकीय अधिकृत खटाइएको, ट्रेड युनियन खारेजी गर्ने काम भएको उल्लेख गरेकीछिन् । यस्तै,बागमती गण्डकी र मधेश प्रदेशमा निजामतीको सेवा विस्तार गरिएको,सिंहदरबार परिसरमा निजामती कर्मचारी अस्पतालको इकाइ विस्तार गरिएको बिषयलाई प्रमुख कार्यका रुपमा उल्लेख गरेकी छिन् । रावलले कर्मचारी सरुवा अनिवार्य अनलाइन प्रणालीमार्फत शुरु गरिएको,किताबखानाको पूर्ण डिजिटलाइनसेन प्रणाली शुरु भएको,किताबखानाको विवरण अनलाइनबाटै हेर्न सकिने व्यवस्था मिलाइएको उल्लेख छ ।
यस्तै,अध्ययन तथा असाधारण विदामा गइ सम्पर्कमा नआएका दुई जना तथा विदेशी पिआर,डिभी प्राप्त ६ कर्मचारी भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी निलम्बन गरिएको बिषय प्रगतिको रुपमा समावेश गरिएको छ । यस्तै मन्त्री रावलले यो अवधिमा निजामती सेवा विद्येयकको मस्यौदा तयार गरिएको,समयमा बजेट नल्याउने २१ वटा स्थानीय तहले नसकेको र ती बाहेक स्थानीय तहले समयमा बजेट ल्याउन सफल भएको,सेवा सहजीकरण मस्यौदा तयार भएको,स्थानीय सरकार सञ्चालन विद्येयकको मस्यौदा तयार पारिएको,तीनै तहको संगठन संरचना तथा व्यवस्थापन सर्वेक्षणको राष्ट्रिय मापदण्ड तयार पारिएको बिषयलाई प्रगतिको रुपमा उल्लेख गरिएको छ ।
मन्त्री रावलले सय दिनको अवधिमा मन्त्रालय र प्रमुख प्रशासकीय अधिकृतका लागि आचारसंहिता तयार भएको,मन्त्रालयको कार्याक्रमहरु होटलमा गर्न बन्देज लगाइएको,मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गरिएको बिषय उल्लेख गरिएको छ ।





























