विपद प्राधिकरणमा निमोठिँदै ‘मेरिटोक्रेसी’

अघिल्ला सरकारले राज्यका निकायहरूलाई कार्यकर्ता भर्ती केन्द्र बनाएको आरोप लगाउँदै बालेन्द्र साह नेतृत्वको सरकारले सबै नियुक्ति खुल्ला प्रतिष्पर्धाका आधारमा हुने दाबी गर्दै आएको छ । अध्यादेशमार्फत् कानुन संशोधन गरी साढे १५ सय त्यस्ता नियुक्ति एकमुष्ट खारेज गरेको सरकारले नयाँ नियुक्तिमा ‘मेरिटोक्रेसी’लाई प्राथमिकता दिने भनेको छ । विदेशमा मुलुकको प्रतिनिधित्व गर्ने राजदूत पदमा समेत दरखास्त खुलाएर प्रतिष्पर्धा गराउने तयारी रहेको बुझिन्छ ।

बिज्ञापन

यसको शुरुवात बागमती सभ्यताबाटै प्रारम्भ भएको हो । शहरी विकास मन्त्रालय मातहतको बागमती सभ्यतामा पूर्वसैनिक अधिकारीहरूलाई व्यवस्थापकीय जिम्मेवारी दिँदा सूचना सच्चाएर नियुक्ति दिइएको थियो । गत वैशाख ३० गते पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा डा आनन्द सिंह भाटलाई नियुक्त गर्दा पहिलो नम्बरका विकास अधिकारीलाई फालेर भाटलाई नियुक्ति गरिएको थियो ।
सुनिल लम्साल मन्त्री रहेको सो मन्त्रालयले बैशाख १४ मा अन्तर्वार्ता र प्रस्तुतीको आधारमा तीन जनाको नाम सिफारिस गर्यो। त्यसको पहिलो नम्बरमा थिए डा विकास अधिकारी। दोस्रोमा भाट र तेस्रोमा संगिता यादव। तर मन्त्रालयले सार्वजनिक सिफारिस अनुसार प्रक्रिया अगाडि बढाएन। १६ मा सिफारिस सम्बन्धी सूचना संशोधन गरेर दोस्रो नम्बरमा सिफारिस भएका भाटलाई पहिलो नम्बरमा र पहिलो नम्बरमा सिफारिसमा परेका डा अधिकारीलाई दोस्रो नम्बरमा झारिएको थियो । पछि उनैलाई नियुक्ति गरिएको थियो ।  त्रिवि सेवा आयोगजस्तो प्राज्ञिक निकायमा आफ्नै पार्टी समर्थकलाई नियुक्त गरेर मेरिटोक्रेसी लाई देखाउने दाँत बनाएको सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा पनि त्यस्तै गरेको पाइएको छ ।

बिज्ञापन

गृह मन्त्रालयअन्तर्गतको प्राधिकरणमा आफैँले तोकेको मापदण्डबमोजिम बढी अंक ल्याएका उम्मेदवारलाई पन्छाएर कम अंक पाएकालाई सर्टलिष्ट ९प्रारम्भिक सूची० मा समावेश गरेको पाइएको हो ।

मन्त्रालयले गत जेठ २२ गते कार्यकारी प्रमुखका लागि दरखास्त आह्वान गर्दै सूचना प्रकाशित गरेको थियो । आवेदकमध्ये छनौटमा परेका १६ जनालाई उनीहरूको शैक्षिक योग्यता, तालिम र अनुभवका आधारमा मूल्यांकन गरी सिफारिस समितिले अंक प्रदान गरेको थियो । जसअनुसार धनकुटाका गणेशकुमार जिमी, सुर्खेतका लोकविजय अधिकारी र बर्दियाका अमृतप्रसाद शर्माले सबैभन्दा बढी २५ अंक पाएका थिए । तर, पाँच जनाको सर्ट लिस्टमा भने यी तीनै जना अटाएनन् ।

बिज्ञापन

सिफारिस समितिले ‘सोचपत्र र व्यवसायिक कार्ययोजना प्रस्तुतिकरणु का लागि निकालेको सूचनामा काठमाडौँका गौरव सागर दवाडी, बैतडीका दिनेश प्रसाद भट्ट, भक्तपुरका दिपक विक्रम थापा क्षेत्री, डडेल्धुराका डा. धर्मराज उप्रेती र कास्कीका वसन्त राज अधिकारीको नाम छ । दवाडी,भट्ट, थापा, उप्रेती र अधिकारीले क्रमशस्२३, २२ दशमलव ५, २३, २४ र २२ नम्बर पाएका थिए । यसअघि सिफारिस समितिको मूल्यांकन प्रक्रिया र प्राप्तांकलाई लिएर विवादसमेत भएको थियो । केही उम्मेदवारले प्राप्तांक चित्त बुझ्दो नभएको भन्दै निवेदन दिएपछि समितिले सच्याएर सूचना निकालेको थियो ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सामान्य प्रशासनमन्त्रीको १ सय दिन : निजामती विद्येयकको मस्यौदा तयार पार्नेदेखि सरुवा अनिवार्य अनलाइन प्रणालीसम्म

विपद प्राधिकरणमा निमोठिँदै ‘मेरिटोक्रेसी’

कम्पनी रजिष्ट्रारमा २० कर्मचारीको दरबन्दी कटौती प्रस्ताव

प्रमुख प्रशासकीय अधिकृत,इञ्जिनियर,लेखापालसहित चार विरुद्ध भ्रष्टाचार मुद्धा

पर्यटन मन्त्रीले गरे ५ संस्थामा २५ जनालाई नियुक्ति

कर्मचारीको उपचार गर्न सिंहदरबारभित्रै निजामती अस्पतालको इकाइ,७ हजार कर्मचारी लाभन्वित

संवैधानिक परिषद्को बैठक बस्दै, रिक्त १५ पदमा होला त नियुक्ति ?

६४ करोडको भेप कान्ड : नक्कली प्रज्ञापनपत्र बनाउनेलाई उन्मुक्ति , अनुसन्धान भरियामै रोकियो

बिशेष