पर्यटन मन्त्रालयले विभिन्न निकायमा दुई दर्जन नियुक्ति गरेको छ। १७ र १८ असारको मन्त्रिस्तरीय निर्णयबाट यी नियुक्ति गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका ५ पशुपति क्षेत्र विकास कोष, बौद्धनाथ क्षेत्र विकास समिति, पाटन दरबार संग्रहालय विकास समिति र हनुमानढोका दरबार संग्रहालय विकास समिति र नेपाल पञ्चाङ्ग निर्णायक समितिमा २५ जना पदाधिकारी मनोनित भएका हुन ।
बिज्ञापन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)ले मन्त्रिस्तरीय निर्णय गर्दै पशुपति क्षेत्र विकास कोषमा सदस्य सचिव,कोषाध्यक्षसहित पाँच जना सदस्य,बौद्धनाथ क्षेत्र विकास समितिमा अध्यक्षसहित पाँच सदस्य,पाटन दरबार स्क्वायरमा तीन सदस्य,हनुमान ढोका दरबार संग्रालयमा ४ सदस्य र पञ्चांक निर्णायक समितिमा अध्यक्षसहित ४ सदस्य नियुक्ति भएका हुन ।
मन्त्रालयका अनुसार पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा पोखरेली कवि तिर्थ श्रेष्ठले नियुक्ति पाएका छन् कोषाध्यक्षमा मीना कुमारी श्रेष्ठलाई नियुक्ति गरेको छ। सदस्यहरूमा केदारमान भण्डारी, गंगासागर बानियाँ, संगीता कुमारी राम, रुपा शाही बास्तोला र राम शोभीत नायक नियुक्ति भएका छन् ।
यस्तै,बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सम्पूर्ण कुमार लामा र सदस्यहरुमा विशाल लामा, निर्भिक्ता थिङ लामा, सेनाङ ग्याम्जो तामाङ, रोशन कुमार श्रेष्ठ र मणी भद्र पोखरेल नियुक्ति पाएका छन् । मन्त्रालयका अनुसार, पाटन दरबार संग्रहालय विकास समितिमा शोभानानी शाक्य, सुप्रिन्स शाक्य र सन्तमान महर्जन, हनुमानढोका दरबार संग्रहालय विकास समितिको सदस्यमा आलोकसिद्धि तुलाधर, सरस्वती रश्मी शाक्य, मिरा महर्जन र वीरेन्द्र बहादुर मल्ल नियुक्त हुँदा नेपाल पञ्चाङ्क निर्णायक विकास समितिको अध्यक्षमा डा पुरुषोत्तम भट्टराई र सदस्यहरूमा माधव प्रसाद लामिछाने, सिद्धीलक्ष्मी व्यञ्जनकार, सूर्यप्रसाद ढुंगेल र नेत्र प्रसाद अधिकारीलाई नियुक्ति पाएका छन् ।





























