तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र एक निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।पलापु खानेपानी लिफ्ट आयोजनाको १८ लाख ५० हजार रुपैयाँ बैंक ग्यारेन्टी रकम हिनामिना गरेको अभियोगमा आयोगले बिहीबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हो।

बिज्ञापन

अख्तियारले ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिकामा पलापु खानेपानी लिफ्टको बैंक ग्यारेन्टी रकम हिनामिना गरेको तथा आम्दानी  नजनाएको भेटिएसँगै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी र शिरिष निर्माण सेवाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

बिज्ञापन

अख्तियारका अनुसार, वृहत खानेपानी योजना वडा नम्बर १, २ पलापु क्रमागत योजनामा २ करोड २० लाख रकम विनियोजन भएकोमा मुल्य अभिवृद्धि कर सहित १ करोड ५६ लाख २९ हजार ४७८ लागत अनुमान तयार भई खरिद कार्यका लागि बोलपत्र आह्वान भएकोमा शिरिस कन्स्ट्रक्सन, मध्यपुर थिमीसँग सम्झौता भएकोमा समयमा काम सम्पन्न नगरेसँगै चम्पादेवी गाउँपालिका, गाउँ कार्यपालिकाको बैठकबाट शिरिस कन्सट्रक्सनले सात दिन भित्र कार्यालयलाई विश्वसनीय हुने गरी काम नगरेमा उक्त कम्पनीलाई स्वतः कालोसूचीमा राखी ठेक्का सम्झौता रद्द गरी वैकल्पिक प्रक्रियाद्धारा खानेपानी योजनाको कार्य अगाडि बढाउने भनी सर्वसहमतिले निर्णय गरेकोमा जमानत जफत हुने कानूनी व्यवस्था तथा सम्झौताको शर्त विपरीत हुने गरी गाउँ कार्यपालिका बैठकको ठेक्का रद्द गर्ने निर्णयलाई लुकाई

छिपाई बदनियत राखी सम्झौताको क्रममा पेस गरेको नेपाल बैङ्क लिमिटेडबाट जारी भएको रू अठार लाख पचास हजार रुपैयाँको कार्यसम्पादन जमानतको म्याद गुजारी जमानत बापतको रकम जम्मा गरिदिन पत्राचार गरेको पुष्टि भएको देखिएको कारण अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद सुवेदी, शिरिस कन्सट्रक्सनका संचालक प्रकाश नाछिरिङ राईलाई प्रतिवादी बनाएर विशेषमा मुद्धा लगेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

‘मनसुनजन्य विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्र उच्च शतर्कतामा’

बिशेष