सरकार गठनको सय दिन पूरा भएसँगै मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी भइरहेको छ। सरकारले कार्य सम्पादन कमजोर भएका मन्त्री हटाउने तयारी गरेको हो । हाल अर्थमा स्वर्णिम वाग्ले, गृहमा सुधन गुरुङ,परराष्ट्रमा शिशिर खनाल, पूर्वाधार विकासमा सुनिल लम्साल, ऊर्जामा विराजभक्त श्रेष्ठ, शिक्षामा सस्मित पोखरेल, नवप्रवर्तनमा महाविर पुन,कानुनमा सोविता गौतम, सामान्य प्रशासनमा प्रतिभा रावल, श्रममा रामजी यादव, स्वास्थ्यमा निशा मेहता, कृषिमा गीता चौधरी, उद्योगमा गौरीकुमारी यादव, महिला तथा बालबालिमा सीता वादी, पर्यटनमा खडकराज पौडेल र सूचना तथा सञ्चारमा विक्रम तिमिल्सिना मन्त्रीको जिम्मेवारीमा छन्।
बिज्ञापन
जस अनुसार, कार्यसम्पादनमा कमजोर रहेका तीन मन्त्रीहरु हटाउने बिषयमा रास्वपाभित्र गृहकार्य चलिरहेको छ । कार्यसम्पादनमा खरो उत्रने नसकेका स्वास्थ्य तथा खाद्य स्वच्छता ,महिला, बालबालिका तथा ज्येष्ठ नागिरक, उद्योग, बाणिज्य तथा आपूर्ति र मन्त्री हेरफेरमा पर्न लागेका हुन ।
बिज्ञापन
हालै चितवनमा सम्पन्न भएको महाधिवेशनमा पदाधिकारीका आंकाक्षी रहेर पछि व्याक भएका केहीलाई मन्त्री बनाएर मनाउने तयारी चलिरहेको रास्वपा स्रोतको भनाई छ । आन्तरिक समीकरण मिलाउन सभापति रवि लामिछानेले महाधिवेशनमा केही नेतालाई दिएको आश्वासन मन्त्री बनाएर पूरा गर्न लागिएको रास्वपा स्रोतले जनाएको छ । उद्योगमन्त्री गौरी कुमारीलाई पदमुक्त गरेर गणेश पराजुलीलाई मन्त्री बनाउने प्रस्ताव छ । त्यसैगरी महिला तथा बालबालिका मन्त्री सीता वादीलाई हटाएर समीक्षा बाँस्कोटालाई त्यो मन्त्रालयको जिम्मा दिनुपर्ने सिफारिस छ ।
महामन्त्रीको दावेदारका रुपमा मैदानमा उत्रिएर पछि बिपिन आचार्यका लागि मैदान छाडेकी रञ्जु दर्शनालाई संसदीय समितिको सभापति बनाउनुपर्ने दवाव पनि सँगै रहेको रास्वपा नेताहरुले बताएका छन् । विवेकशील साझा पार्टीबाट गत २१ फागुनको निर्वाचनअघि रास्वपामा समायोजन भएकी बाँसकोटा प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिको सभापति छिन् ।उनी मन्त्री बनेको खण्डमा रञ्जु सो समितिको सभापति बनाइने सम्भवना रहेको र सोही बिषयमा छलफल भइरहे पनि टुंगोमा नपुगिसकेको रास्वपा स्रोतले जनाएको छ ।
बिज्ञापन
प्रधानमन्त्रीको सचिवालयले भने ती खबर सत्य नभएको बताएको छ ।























