रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पदाधिकारीको निर्वाचनमा चरम गुटबन्दी देखिएको छ । भर्खरै सकिएको मभहाधिवेशनबाट सभापतिमा रवि लामिछाने,उपसभापतिमा स्वर्णीम वाग्ले निर्विरोध निर्वाचित भएका थिए । उपसभापति (खुला) तर्फ सुरूमा विराजभक्त श्रेष्ठ उमेद्धारी दिने तयारीमा थिए तर अन्तिममा उनी व्याक भए पछि स्वर्णिम निर्विरोध भए।
यस्तै पार्टीको उपसभापतिमा सोविता गौतम ७८९ मत ल्याएर निर्वाचित भइन । सभापति लामिछाने निकट प्रतिभा रावल त उपसभापतिमा सोबिताको प्रस्तावक नै बसेपछि उनको पक्षमा माहोल बन्न पुगेको नेताहरु बताउँछन् ।
उनीसँगै मैदानमा होमिएकी डा तोसिमा कार्कीले ५ सय ७२ मत प्राप्त गरेकी थिइन । यस्तै महामन्त्रीमा विपिनकुमार आचार्य ६७३ मत ल्याएर निर्वाचित हुँदा मनिष झाले ३ सय ४६ मतमा चित्त बुझाउनु परेको छ । प्रतिष्प्रर्धामा रहेका गणेश कार्कीले १६९ र सागर ढकाल १३९ मत प्राप्त गरेका छन् । महामन्त्रीमा उत्रिएका मनीष झा, सागर ढकाल र गणेश कार्कीमध्ये कार्की र ढकाल बालेन्द्र शाह पक्षका नेता हुन्। यस्तै सहमहामन्त्रीमा असिम साह ४७१,हरि ढकाल ४१० मत प्राप्त गरेका छन् । यता सहमहामन्त्री (महिला)तर्फ निशा डाँगीले ७ सय ३७ मत प्राप्त गर्दा रीमा विश्वकर्मा २८२,कामिनीकुमारी चौधरी १४६,विदुषी राणा ८२ मत प्राप्त गरेकी छिन् । महाधिवेशनमा चरम गुटबन्दी भएको भन्दै रास्वपाकै नेताहरुले असन्तृष्टि व्यक्त गरेका छन् । रीमा यस अघि कुलमानको पार्टीमा थिइन । यसरी पदाधिकारीमा निर्वाचित भएकामध्ये असिम शाहबाहेक सबै सभापति रवि लामिछाने पक्षकै नेताहरु रहेका छन् । रास्वपा विधानअनुसार, पदाधिकारीमा ६ पदका लागि निर्वाचन हुने व्यवस्था छ। जसअनुसार, उपसभापतिमा महिलासहित दुई, महामन्त्री एक र सहमहामन्त्रीमा एक महिलासहित पदाका लागि निर्वाचन भएको हो।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष