प्रादेशिक पिआइए पोर्टलमा तीन सुविधा थप, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

राष्ट्रिय कितावखाना (निजामती)ले प्रदेश सरकारहरुले सञ्चालन तथा व्यवस्थापन गर्दै आइरहेको प्रदेश पिआइएस पोर्टलमा थप तीन वटा सुविधा थप भएका छन् ।
जस अन्र्तगत सम्पत्ति विवरण व्यस्थापनको मोड्युल,प्रादेशिक फाईलिङ सिस्टम र प्रमाणीकरण म्यासेज लगायतका विशेष सुविधा बिस्तार गरिएको निजामती किताबखानाले जनाएको छ । बिस्तारित सुविधा सहितको मोड्युल आज धनगढीमा आयोजित एक कार्यक्रमका बीच विभागका महानिर्देशक श्रवण कुमार पोखरेलले सुदूरपश्चिम प्रदेश सरकारका प्रदेश सचिव बिमल बराललाई हस्तान्तरण गर्नुभएकोछ ।

बिज्ञापन

महानिर्देशक पोखरेलका अनुसार मोड्युलमा मुख्यतया तीन वटा महत्वपूर्ण पक्षमा सुधार गरिएको छ । जसमध्ये सम्पत्ति विवरण व्यस्थापनको मोड्युलमा यस अघि प्रदेश सरकारहरुले आफू मातहतका कर्मचारीले हरेक वर्ष बुझाउदै आएका सम्पत्ति विवरण म्यानुअली रुपमा नै व्यवस्थापन गर्दै आईरहेकाकोमा अब विस्तारित सेवामार्फत छिटो छरितो र थप व्यवस्थित ढङ्गबाट व्यवस्थापन गर्न सकिनेछ ।
यस्तै प्रादेशिक फाईलिङ सिस्टम थप विस्तार गरिएको सेवा हो । जस अनुसार, सिटरोल लगायत कर्मचारी सूचना सम्बन्धी सम्पूर्ण डकुमेन्टको प्रयोग मार्फत अभिलेख व्य्वस्थापनमा थप सुधार गर्न सक्नेछ्न । यस्तै सरोकारवालाले आफ्नो सिटरोल दर्ता तथा संकेत नम्बर जारी भएको,सम्पत्ति विवरण दर्ता भएको कन्र्फम म्यासेज पाउनेछ्न । साविकमा यस्तो सुविधाको व्यवस्था थिएन।
महानिर्देशक पोखरेलका अनुसार मोड्युल हस्तान्तरणबाट सुदुरपश्चिम प्रदेश सरकार मातहतका ५,४५१ कर्मचारी प्रत्यक्ष लाभान्वित हुनेछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्काे सहसचिवले दिए राजीनामा,स्वीकृत हुन बाँकी

प्रादेशिक पिआइए पोर्टलमा तीन सुविधा थप, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्धा

सुधन,सुनिल र भुपदेपले दिएनन् केन्द्रीय सदस्यमा उमेदवारी

उपसचिवको नियुक्ति सिफारिस बदर

बिदा दुरुपयोगमा मुछिएका १३ सय ३० कर्मचारीले अद्यावद्यिक गराए विवरण

प्रदेश खारेजी,स्थानीय तह एक तिहाइ कटौतीको प्रस्ताव

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

बिशेष