लापरवाही कर्मचारीको,क्षतिपूर्ति राज्यकोषबाट

कैलालीको गोदावरीमा डिभिजन वन कार्यालय धनगढीका कर्मचारीले नियन्त्रणमा लिएर टेम्पो जंगलमा फालेको घटनापछि वन कार्यालयले टेम्पोधनीलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति गरेको छ।
कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिने भएको हो । वन कर्मचारी र टेम्पो धनी पक्ष (घनश्याम धामी र उनकी पत्नी धनादेवी धामी)बिच सहमति जुटेपछि धामी दम्पतीले सो रकम प्राप्त गरेका हुन् । घटनाको छानबिन गर्न गठित समितिका संयोजक एवं सुदूरपश्चिम प्रदेश वन निर्देशक हेमराज विष्टले दुई पक्षबिच सहमति भएको जानकारी दिए ।सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशक विष्टको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ डिभिजनल वन अधिकृत जनक पाध्या, यातायात व्यवस्था कार्यालय कैलालीका मेकानिकल इन्जिनियर धोजराज जोशी तथा वन तथा वातावरण मन्त्रालयका कानुन अधिकृत विजयराज ओझा रहेका थिए । समितिलाई १० असारसम्मको म्याद दिइएको थियो । त्यसपछि भएको छलफलमा वन कार्यालयले क्षतिपूर्ति उपलब्ध गराउने सहमति गरेको हो ।
यो प्रकरणम दुई जना वन कर्मचारीविरुद्ध प्रहरीले किटानी जाहेरी दर्ता गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । घटनामा संलग्न डिभिजन वन कार्यालय धनगढीका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र जमदार चेतराज फुलारामाथि प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरिएको हो ।

बिज्ञापन

घटनाले वन कर्मचारीको कार्यशैलीमाथि प्रश्न उठाएको छ भने सरकारी निकायबाटै सम्पत्तिमा क्षति पुर्याइएको विषयलाई लिएर थप छानबिनको मागसमेत गरिएको छ। कर्मचारीको लापरबाहीले उत्पन्न घटनामा राज्यकोषबाट क्षतिपूर्ति तिरिने विषयमाथि पनि प्रश्न उठाइएको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

लापरवाही कर्मचारीको,क्षतिपूर्ति राज्यकोषबाट

शैक्षिक प्रमाणपत्र र नागरिकता फरक जन्म मिति : फिर्ता गर्नुपर्ने हुनसक्छ तलब भत्ता र पेन्सन

ती बैकुण्ठ,यी संगीता

खण्डन तथा क्षमायाचना

निमित्तकै भरमा १८ स्थानीय : १४ नगरपालिका, ४ गाउँपालिकामा खटाउन सकेन प्रमुख प्रशासकीय

अब सचिवभन्दा माथि मन्त्रीका स्वकीय,१७ मन्त्रालयमा २१० पिए नियुक्तिको गृहकार्य

अबदेखि प्रहरीलाई पनि १५- १५ दिनमा तलब

बिशेष