ती बैकुण्ठ,यी संगीता

साधरणतया भ्रष्टाचार मुद्धामा सफाया पाए पछि कर्मचारीहरुलाई सोही कार्यालयमा हाजिर गराइदैन तर नयाँ सरकार बनेपछि यहाँ पनि क्रमभंग शुरु भएको छ ।स्वास्थ्य मन्त्रालयका पूर्व अतिरिक्त सचिव डा. संगीता मिश्रले विशेष अदालतबाट सफाइ पाएर जिम्मेवारीमा फर्किएसँगै स्वार्थको द्धन्दको बिषयले चर्चा र परिचर्चा पाउन थालेको छ ।
स्वास्थ्य उपकरण खरिदमा स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा संगिता कौशल मिश्रासहितका कर्मचारीहरुले विशेष अदालतबाट सफाइ पाएसँगै उनी मन्त्रालयमा फर्किएकी छिन् ।यो बिषयलाई स्वार्थको द्धन्द भएको भन्दै मन्त्रालयभित्रै टिका टिप्पणी हुन थालेको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा मिश्रासहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। १४ करोड बढी बिगो मागदाबीसहित आयोगले हालेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले आंशिक ठहर गरेको हो। जहाँ डा मिश्रासहित विवेककुमार लाल, भुवनप्रसाद काफ्ले, दीपक अधिकारी, यादवप्रसाद देवकोटा, शम्भुप्रसाद ढकाल, सीता घिमिरे र तिलकराम ढकालले सफाइ पाएका थिए ।

बिज्ञापन

९ जना प्रतिवादीले सफाइ पाएसँगै डा मिश्राले अतिरिक्त सचिवको रुपमा हाजिरी हुन थालेकी छिन् । मन्त्री बन्ने चर्चामा रहेको समयमा अघिल्लो बर्ष कार्तिकमा मिश्राविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको थियो । सुशीला कार्कीको सरकारमा मन्त्री बन्नेहरूको सूचीमा रहेकी उनको यही मुद्दासम्बन्धी विवाद चर्किएपछि अन्तिम समयमा उनको नाम काटिएको थियो । यो प्रकरणमा झण्डै आठ महिना पछि उनी पूरानै जिम्मेवारीमा फर्किकी हुन । भ्रष्टाचार मुद्दा लागेका निजामती कर्मचारीले अदालतबाट सफाइ पाएमा निलम्बित हुनुअघि कार्यालयमा हाजिर गर्न पाउँछन् । सरकारले निलम्बन अवधिको तलब र सेवासुविधा उपलब्ध गराउनुपर्छ । संगीताको प्रकरणमा भ्रष्टाचारमा परेको कर्मचारीलाई सोही कार्यालयमा फर्काउँदा संस्थागत पूर्वाग्रह उत्पन्न हुँदैन ? यस अघि तत्कालीन मुख्यसचिव डा.बैकुण्ठ अर्यालमाथि सुरक्षण मुद्रण केन्द्रबाट अन्तशुल्क स्टिकर छाप्न निजी कम्पनीलाई ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लाग्यो । सरकारले योजना आयोगमा मुख्यसचिव सरहको पद खडा गरेर पदस्थापन गरेको थियो । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाए । तर, कहाँ हाजिर गर्ने भन्ने अन्योल भएपछि राजीनामा दिए । निलम्बित गरिएकै कार्यालयमा फर्काउँदा स्वार्थको द्वन्द्व निम्तिने जानकारहरु बताउँछन् ।

जस्तो कुनै कर्मचारीलाई कुनै कार्यालयमा कार्यरत हुँदा भ्रष्टाचारको अभियोगमा सफाई पाएपछि सोही कार्यालयमा राख्ने वा पदस्थापन गर्ने बिषय सबैभन्दा नराम्रो विकृति भएको प्रशासकहरुको टिप्पणी सुन्न पाइन्छ । अख्तियारले भ्रष्टाचार मुद्धा चलाएपछि निलम्बनमा परेर विशेषबाट सफाई पाएपनि त्यही कार्यालयमा राख्नु स्वार्थको द्धन्द हुने र त्यस्ता कर्मचारीलाई अन्यत्र सरूवा गर्नुपर्ने भए पनि संगीताको हकमा त्यस्तो भएको देखिन्छ । उनका लागि प्रदेश वा जिल्ला वा अन्य कार्यालयमा सरूवा गरिनु पर्ने स्वास्थ्य सेवाकै कर्मचारीहरुले बताउन थालेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

लापरवाही कर्मचारीको,क्षतिपूर्ति राज्यकोषबाट

शैक्षिक प्रमाणपत्र र नागरिकता फरक जन्म मिति : फिर्ता गर्नुपर्ने हुनसक्छ तलब भत्ता र पेन्सन

ती बैकुण्ठ,यी संगीता

खण्डन तथा क्षमायाचना

निमित्तकै भरमा १८ स्थानीय : १४ नगरपालिका, ४ गाउँपालिकामा खटाउन सकेन प्रमुख प्रशासकीय

अब सचिवभन्दा माथि मन्त्रीका स्वकीय,१७ मन्त्रालयमा २१० पिए नियुक्तिको गृहकार्य

अबदेखि प्रहरीलाई पनि १५- १५ दिनमा तलब

बिशेष