भेप तस्कर बढ्दै, कसले ल्यायो करोडौँको भेप ?

काठमाडौँ । नेपाल प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा चेकजाँचका क्रममा ठूलो परिमाणमा अवैध रूपमा भित्र्याइएको विद्युतीय चुरोट (भेप) बरामद गरेको छ। प्रहरीले करिब ७ हजार ७ सय थान भेपसहित एक बोलेरो गाडी नियन्त्रणमा लिई थप अनुसन्धानका लागि भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

बिज्ञापन

प्रहरीका अनुसार २०८३ असार ८ गते साँझ ५ः३० बजे इलाका प्रहरी कार्यालय बाह्रबिसेको टोलीले बारबिसे नगरपालिका–३ खागदल क्षेत्रमा नियमित चेकजाँच सञ्चालन गरिरहेको बेला तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ९१९ नम्बरको बोलेरो गाडी रोकी जाँच गरेको थियो। जाँचका क्रममा गाडीमा भन्सार प्रक्रिया पूरा नगरी अवैध रूपमा नेपाल भित्र्याइएका ७ हजार ७ सय थान विद्युतीय भेप फेला परेको प्रहरीले जनाएको छ।

बिज्ञापन

बरामद गरिएको भेपको अनुमानित मूल्य करिब २ करोड ६९ लाख ५० हजार रुपैयाँ रहेको प्रहरी स्रोतले जनाएको छ। बरामद गरिएका भेप, बोलेरो गाडी तथा चालकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि भोटेकोशी गाउँपालिका–३ स्थित ड्राइपोर्ट क्षेत्रमा रहेको तातोपानी भन्सार कार्यालयमा बुझाइएको छ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार पछिल्लो समय चीनबाट तातोपानी र रसुवागढी नाका हुँदै ठूलो परिमाणमा भेप नेपाल भित्रिने गरेको देखिएको छ। यसअघि पनि मुस्ताङको कोरला नाकाबाट ठूलो परिमाणमा भेप बरामद भएको थियो। त्यस घटनापछि सक्रिय तस्करी समूह केही समय निष्क्रिय जस्तो देखिए पनि नयाँ स्वरूपमा पुनः तस्करी सञ्जाल सक्रिय भएको आशंका गरिएको छ।

बिज्ञापन

प्रहरी स्रोतका अनुसार मुस्ताङको कोरला नाका प्रयोग गरी भेप तस्करी गर्ने समूह र तातोपानी नाकाबाट भेप भित्र्याउने समूहबीच सम्बन्ध हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाइएको छ। भेपको अवैध आयातमा संलग्न नेटवर्क, आपूर्तिकर्ता र वितरण सञ्जालबारे समेत अनुसन्धान भइरहेको जनाइएको छ।

नेपालमा विद्युतीय चुरोटको प्रयोग बढ्दै गएसँगै यसको अवैध आयात र कारोबार पनि चुनौतीका रूपमा देखिन थालेको छ। भन्सार छली गरेर भित्र्याइने यस्ता वस्तुबाट राज्यको राजस्वमा क्षति पुग्नुका साथै अवैध व्यापारिक सञ्जाल समेत मौलाउने जोखिम रहने भएकाले सुरक्षा निकायले सीमावर्ती नाकाहरूमा निगरानी बढाएको बताएका छन्।

प्रहरीले बरामद गरिएको भेपको स्रोत, गन्तव्य तथा यसमा संलग्न व्यक्तिहरूको पहिचान गरी थप अनुसन्धान अगाडि बढाइएको जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भेप तस्कर बढ्दै, कसले ल्यायो करोडौँको भेप ?

राहदानी छपाइ : अधिकृतदेखि सहसचिवसम्म ११ कर्मचारीविरुद्ध मुद्धा चल्दा अख्तियारले राखेन आरजुको नाम

कुमारीमा कीर्ते काण्ड त कति कति

सफाइ पाएसँगै मन्त्रालयमा फर्किइन अतिरिक्त सचिव

सहसचिव,उपसचिवसहित १८ विरुद्ध भ्रष्टाचार मुद्धा

सात हजार थान भेप बरामद

अख्तियारलाई पाँच घण्टा होइन, चाहियो भने पाँच वर्ष राखेर प्रश्न सोध्छौं : प्रधानमन्त्री बालेन

भिआइपी जोडिएको ई पासपोर्ट : परराष्ट्रकै २ दर्जन कर्मचारी भ्रष्टाचारमा तानिँदै

बिशेष