सफाइ पाएसँगै मन्त्रालयमा फर्किइन अतिरिक्त सचिव

स्वास्थ्य उपकरण खरिदमा स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा संगिता कौशल मिश्रासहित काफ्लेले पनि विशेष अदालतबाट सफाइ पाएसँगै उनी मन्त्रालयमा फर्किएकी छिन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डा मिश्रा, काफ्लेसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। १४ करोड बढी बिगो मागदाबीसहित आयोगले हालेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले आंशिक ठहर गरेको हो। जहाँ डा मिश्रासहित विवेककुमार लाल, भुवनप्रसाद काफ्ले, दीपक अधिकारी, यादवप्रसाद देवकोटा, शम्भुप्रसाद ढकाल, सीता घिमिरे र तिलकराम ढकालले सफाइ पाएका थिए ।

बिज्ञापन

मिश्रा, काफ्लेसहित ९ जना प्रतिवादीले सफाइ पाएसँगै डा मिश्राले आजदेदिख अतिरिक्त सचिवको रुपमा हाजिरी गरेको मन्त्रालयले जनाएको छ । उता यही प्रकरणमा परेसँगै तत्कालीन लेखा उपसचिव भुवन काफ्लेले राजीनामा दिएर हिडेका कारण उनी भने सेवामा फर्किने नपाउने भएका छन् । मन्त्री बन्ने चर्चामा रहेको समयमा अघिल्लो बर्ष कार्तिकमा मिश्राविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको थियो । सुशीला कार्कीको सरकारमा मन्त्री बन्नेहरूको सूचीमा रहेकी उनको यही मुद्दासम्बन्धी विवाद चर्किएपछि अन्तिम समयमा उनको नाम काटिएको थियो ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष