शाखा अधिकृत,सब इन्जिनियर,लेखापालसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जनप्रतिनिधि र तीन कर्मचारीसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
अख्तियारले डोटीको बडीकेदार गाउँपालिकाका तत्कालीन अध्यक्ष कृष्णबहादुर चन्द, उपाध्यक्ष इन्द्राकुमारी बोहरा, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपकराज जैशी र लेखापाल युवराज भट्ट,सब इन्जिनियर दान बहादुर पछेरा, भागरथी निर्माण सेवा, धनगढी ५, कैलाली तथा सोको सञ्चालक पशुपति जोशी र अख्तियार प्राप्त व्यक्ति केशव बहादुर बमसहित ८ जनालाई प्रतिवादी बनाएर विशेषमा मुद्धा दायर गरेको हो ।
आयोगका अनुसार,नदीजन्य पदार्थ उत्खननसम्बन्धी ठेक्का प्रक्रियामा अनियमितता भएको आरोपमा उनीहरुलाई प्रतिवादी बनाएको हो । २०७७/ ७८ मा ठूलीगाड र कापडीगाड क्षेत्रबाट ढुंगा, गिट्टी तथा बालुवा उत्खननसम्बन्धी ठेक्का व्यवस्थापन १४ लाख १० हजार २४० रुपैयाँ रकम राज्यकोषमा दाखिला नभएको देखिएको भेटिएसँगै उनीहरुलाई अख्तियारले प्रतिवादी बनाएर विशेषमा मुद्धा दायर गरेको हो ।

बिज्ञापन

वातावरणीय अध्ययन प्रतिवेदनले तोकेको सम्भावित उत्खनन तथा राजस्व संकलन क्षमतालाई बेवास्ता गर्दै ठेक्का रकम अस्वाभाविक रूपमा घटाइएको, प्रतिस्पर्धा सीमित हुने गरी सूचना प्रकाशन गरिएको र न्यून मूल्यमा सम्झौता गराइएको आयोगको आरोप छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष