६० हजार घुस सहित नापी कार्यालय चाबहिलका अमिन खत्री पक्राउ

काठमाडौं । नापी कार्यालय चाबहिल, २ नं. नापी टोलीका अमिन टोपजंग खत्री घुस लिएको आरोपमा पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जग्गा हालसाविक गरी जग्गाधनी पूर्जा बनाइदिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना तथा उजुरीका आधारमा आयोगको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले विशेष निगरानी गरेको थियो।

बिज्ञापन

सो क्रममा अमिन खत्रीलाई सेवाग्राहीबाट ६० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित पक्राउ गरिएको आयोगले जनाएको छ। उनलाई जिल्ला काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ माकालवारीस्थित नापी कार्यालय परिसरबाट नियन्त्रणमा लिइएको हो।

बिज्ञापन

अख्तियारका अनुसार सेवाग्राहीको जग्गासम्बन्धी काम मिलाइदिने तथा जग्गाधनी पूर्जा तयार गराइदिने नाममा रकम मागिएको भन्ने उजुरीपछि ‘स्टिङ अपरेसन’ सञ्चालन गरिएको थियो। सोही क्रममा घुस रकमसहित रंगेहात पक्राउ परेका खत्रीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

पछिल्लो समय मालपोत तथा नापी कार्यालयहरूमा जग्गा दर्ता, हालसाविक, नामसारी तथा पूर्जा वितरणसँग सम्बन्धित सेवामा अनियमितता र घुसखोरीका उजुरी बढिरहेका बेला अख्तियारले यस्ता घटनामाथि निगरानी कडा बनाएको छ। आयोगले सार्वजनिक सेवा प्रवाहलाई स्वच्छ, पारदर्शी र भ्रष्टाचारमुक्त बनाउन घुस माग्ने वा दिने सम्बन्धी सूचना उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह समेत गरेको छ।

बिज्ञापन

अख्तियारले घटनाबारे थप प्रमाण संकलन तथा कानुनी प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबार र लोक सेवा आयोगका माननीयज्यूमा एउटा जीवित लासको खुल्ला पत्र

पहिला ठेक्का,अहिले टेण्डर

पालिका आगजनीमा कर्मचारीकै संलग्नता

प्रतिनिधि सभामा भोलि तीन वटा विद्येयक पेश हुँदै

भोटेकोशीको रौद्रता –प्रकाशचन्द्र खतिवडा

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, महिला र दुई पुरुष पक्राउ

मन्त्री वाग्लेलाई बदनाम गराउने कर्मचारीको खेल, मुस्ताङमा धमाधम ‘आफ्ना मान्छे’ सरुवा

एयरपोर्ट भन्सारमा तीन एजेन्टको ‘राज’ :सामान छुटाउनैपर्ने बाध्यताले महँगिँदै उपभोग्य वस्तु

बिशेष