राहदानी विभागका महानिर्देशक अर्याल पक्राउ

काठमाडौँ । राहदानी विभागको पासपोर्ट खरिद प्रक्रियासँग सम्बन्धित अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएपछि प्रकरणले नयाँ मोड लिएको छ । यसै अनुसन्धानको सिलसिलामा व्यवसायी सिद्धार्थ थापा पनि सुरक्षा निकायको नियन्त्रणमा रहेको स्रोतले जनाएको छ ।

बिज्ञापन

स्रोतका अनुसार पासपोर्ट खरिद तथा आपूर्तिसँग सम्बन्धित निर्णय, प्रक्रिया र सम्भावित अनियमितताबारे प्रमाण संकलन गर्ने क्रममा अर्यालसँगै थापासँग पनि सोधपुछ भइरहेको छ । थापा राष्ट्रिय सभा सदस्य सुनिल थापाका छोरा हुन् ।

बिज्ञापन

अख्तियारले हालसम्म औपचारिक रूपमा अनुसन्धानको विस्तृत विवरण सार्वजनिक नगरे पनि पासपोर्ट खरिद प्रक्रियामा भएका निर्णय, ठेक्का व्यवस्थापन र सम्बन्धित पक्षहरूको भूमिकाबारे छानबिन केन्द्रित रहेको बुझिएको छ ।

राहदानी विभागसँग सम्बन्धित खरिद प्रक्रियाबारे पछिल्लो समय विभिन्न प्रश्न उठिरहेका बेला आयोगले अनुसन्धानलाई तीव्र बनाएको हो । स्रोतका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूसँग बयान लिने, कागजात परीक्षण गर्ने तथा आर्थिक कारोबारका पक्षहरू समेत केलाउने काम भइरहेको छ ।

बिज्ञापन

यस घटनापछि राहदानी विभागको बहुचर्चित पासपोर्ट खरिद प्रकरण पुनः चर्चामा आएको छ भने अनुसन्धानको निष्कर्षले थप उच्च पदस्थ अधिकारी तथा सम्बन्धित व्यवसायिक समूहहरू समेत तानिन सक्ने अनुमान गरिएको छ । अख्तियारले भने अनुसन्धान जारी रहेकाले आवश्यक तथ्य प्रमाणका आधारमा थप कदम चालिने जनाएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सिंहदरबार र लोक सेवा आयोगका माननीयज्यूमा एउटा जीवित लासको खुल्ला पत्र

पहिला ठेक्का,अहिले टेण्डर

पालिका आगजनीमा कर्मचारीकै संलग्नता

प्रतिनिधि सभामा भोलि तीन वटा विद्येयक पेश हुँदै

भोटेकोशीको रौद्रता –प्रकाशचन्द्र खतिवडा

ललितपुरमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, महिला र दुई पुरुष पक्राउ

मन्त्री वाग्लेलाई बदनाम गराउने कर्मचारीको खेल, मुस्ताङमा धमाधम ‘आफ्ना मान्छे’ सरुवा

एयरपोर्ट भन्सारमा तीन एजेन्टको ‘राज’ :सामान छुटाउनैपर्ने बाध्यताले महँगिँदै उपभोग्य वस्तु

बिशेष