क्षमायाचना

२०८३ जेठ ३१, आइतबार भेप तस्करीको जालो कहाँसम्म ? प्रधानमन्त्री बालेन्द्र शाहले कहिले खोज्लान् वास्तविक नाइके ? शीर्षकमा प्रकाशित समाचार सामाग्रीमा कमल प्याकुरेलको तस्विर र उनका बिषयमा केही वाक्यांश भूलवश पर्न गएकोमा भूल सुधार गरिएको छ ।

बिज्ञापन

समाचार सामाग्री प्रकाशित हुने वित्तिकै उनले ती सामाग्रीहरु पूर्णत असत्य, निराधार र मनगढन्त रहेको दाबी गर्दै भेप तस्करी प्रकरणमा आफ्नो कुनै पनि रूपमा संलग्न नरहेको,समाचारमा उल्लेख भएजस्तो मुस्ताङमा कुनै पनि प्रहरी अधिकारीको स्थानान्तरण गराएको वा गराउने प्रयास नगरेको भन्दै सो सामाग्रीको खण्डन पठाएका छन् । यस्तै नेपाल प्रहरीका कुनै अधिकारीकी श्रीमतीसँगको सम्बन्ध दुरुपयोग गरेको भन्ने दाबी पूर्णतः झूटो रहेको भन्दै समाचारको खण्डन गरेका छन् ।

बिज्ञापन

यस्तै समाचारमा उल्लेख भए अनुसार केस व्यवस्थापन वा प्रभाव प्रयोग गर्ने व्यक्तिको रूपमा आफूलाई चित्रण गरिएकोलाई कपोलकल्पित र भ्रामक भएको र समाचार प्रकाशन गर्नुअघि आफ्नो भनाइ समेत नलिइ एकपक्षीय समाचार प्रकाशन गरिएको प्रति उनले खेद प्रकट गरेका छन् ।

प्रस्तुत समाचार सामाग्रीमा असम्बन्धित व्यक्ति कमल प्याकुरेलको नाम र तस्विर भूलवश पर्न गएकोमा सो पक्ति र तस्विर हटाइएको छ । प्रकाशित समाचार सामाग्रीबाट प्याकुरेलको व्यक्तिगत, पारिवारिक, सामाजिक र व्यावसायिक प्रतिष्ठामा पर्न गएको आघात प्रति क्षमा चाहन्छौं ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजीनामाको मुडमा शिक्षाका दर्जन उपसचिव

प्रदेशका १५ प्रतिशत कर्मचारी कटौती

बागमती प्रदेशको बजेट : अति विपन्नलाई घर,पत्रकारका लागि एक करोड बजेट

जिल्लास्तर र अन्तर स्थानीय तह शिक्षक सरुवामा रोक

क्षमायाचना

मधेस प्रदेशका कर्मचारीलाई १० प्रतिशत तलब वृद्धि

सञ्चयकोषलाई प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न दिने प्रस्ताव

बहालवाला सचिव- सहसचिवलाई अनिवार्य अवकाश, ‘छड्के सचिव’ भित्र्याउने प्रस्ताव

बिशेष