सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागूऔषध बरामद, दुई जना पक्राउ

ललितपुरमा सशस्त्र प्रहरी बलले ठूलो मात्रामा लागुऔषध बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले सञ्चालन गरेको विशेष अपरेसनका क्रममा गोदावरी नगरपालिका–२ धाराचौरस्थित बिशंखुनारायण जंगल क्षेत्रमा लुकाइराखिएको अवस्थामा दुई लाख १० हजार ६४० पिस ट्रामाडोल बरामद गरिएको हो।

बिज्ञापन

सशस्त्र प्रहरीका अनुसार सातवटा बोराभित्र राखेर जंगल क्षेत्रमा लुकाइएको उक्त लागुऔषध विशेष सूचनाका आधारमा फेला पारिएको हो। घटनासँग सम्बन्धित वीरबहादुर तामाङ र शान्तबहादुर तामाङलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

बिज्ञापन

अनुसन्धानका क्रममा प्रारम्भिक रूपमा वीरबहादुर तामाङलाई जेठ ११ गते पक्राउ गरिएको थियो। त्यसपछि गरिएको थप अनुसन्धानबाट उक्त लागुऔषध कारोबारको मुख्य योजनाकार शान्तबहादुर तामाङ रहेको खुलेको सशस्त्र प्रहरीको दाबी छ।

ट्याक्सी चालकसमेत रहेका शान्तबहादुरले आफ्नै ट्याक्सी प्रयोग गरेर लागुऔषध ओसारपसार गर्ने गरेको अनुसन्धानबाट देखिएको छ। यस प्रयोजनमा प्रयोग भएको ०१–००२ ज ८८६३ नम्बरको ट्याक्सीसमेत नियन्त्रणमा लिएर नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

बिज्ञापन

सुरक्षा निकायका अनुसार बरामद गरिएको ट्रामाडोलको परिमाण र अपरेसनको स्वरूप हेर्दा यो पछिल्ला वर्षहरूमा सञ्चालन भएका सबैभन्दा ठूला लागुऔषध नियन्त्रण अभियानमध्ये एक मानिएको छ। घटनाको नेटवर्क, आपूर्ति शृङ्खला तथा संलग्न अन्य व्यक्तिबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागूऔषध बरामद, दुई जना पक्राउ

राष्ट्रसेवकको तलब भत्तामा बढाइयो ७५ अर्ब,करारका कर्मचारीले पाउँछन बढेको तलब ?

फ्रन्ट डेस्कमा कार्यरत १ हजार २० कर्मचारीलाई प्रशिक्षण दिँदै संघीय सरकार

रास्वपाको करार देखि सरकारको नयाँ बजेट सम्म

सडक विभागमा ‘एक्सन मोड’ : डा. विजय जैसीको सुधार अभियान

बालेनको अभिव्यक्तिलगत्तै सुस्ता पस्यो भारतीय एसएसबी

के हो बालेन सरकारले ल्याउन लागेको ‘सनसेट ल’ ?

सरुवामा परेका कर्मचारी नेताको टिप्पणी : वालेनको अभिव्यक्ति राष्ट्रघाती

बिशेष