बालेनले त्यस्तो बोलेकोमा भारतबाट आयो बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादबारे संसद्मा दिएको अभिव्यक्तिले भारतमा व्यापक चर्चा पाएको छ। विशेषगरी भारतका नेपाल मामिलाका जानकार एसडी मुनीले प्रधानमन्त्री शाहको भनाइलाई साहसिक भन्दै सार्वजनिक रूपमा प्रशंसा गरेका छन्।

बिज्ञापन

प्रतिनिधिसभाको आइतबारको बैठकमा सीमा विवादबारे उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले नेपालले मात्र नभई केही स्थानमा भारतको भूभाग पनि आफ्नोतर्फ परेको जानकारी आफूले प्रधानमन्त्री बनेपछि प्राप्त गरेको बताएका थिए। उनले यस्ता विषयको अध्ययन गरी कूटनीतिक संवादमार्फत समाधान खोजिने स्पष्ट पारेका थिए।

बिज्ञापन

प्रधानमन्त्रीको यही भनाइलाई लिएर प्रतिक्रिया जनाउँदै मुनीले नेपाल–भारत सीमा समस्या एकतर्फी नभएको स्वीकार गर्न सक्नु सकारात्मक कदम भएको बताएका छन्। उनले नवलपुरको सुस्ता क्षेत्रमा नदीको बहाव परिवर्तनका कारण उत्पन्न भएको सीमा विवादलाई उदाहरणका रूपमा उल्लेख गर्दै उक्त विषय लामो समयदेखि अनौपचारिक रूपमा चर्चामा रहेको बताएका छन्।

मुनीले सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रयासले समाधानभन्दा जटिलता बढाउन सक्ने चेतावनीसमेत दिएका छन्। उनका अनुसार यस्ता विषय द्विपक्षीय वार्ता, तथ्यगत अध्ययन र प्राविधिक सहकार्यबाट समाधान गरिनुपर्छ।

बिज्ञापन

प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि भारतीय सञ्चारमाध्यमहरूले यस विषयलाई प्रमुख समाचारका रूपमा प्रस्तुत गरेका छन्। दैनिक भास्कर, नवभारत टाइम्स, दि प्रिन्ट, न्युज–१८ र अमर उजालालगायतका सञ्चारमाध्यमले उनको भनाइलाई उच्च प्राथमिकताका साथ प्रकाशित गरेका छन्।

ती समाचारहरूमा नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायत क्षेत्रबारे भारतसँग कूटनीतिक संवाद जारी राखेको तथा सीमा विवाद समाधानका लागि इतिहासकार, नापीविद् र विषय विज्ञहरूको सहयोग लिन सकिने प्रधानमन्त्रीको धारणालाई उल्लेख गरिएको छ।

संसद्मा प्रधानमन्त्री शाहले नेपाल सरकारले सीमा सम्बन्धी विषयमा भारतलाई औपचारिक कूटनीतिक पत्र पठाइसकेको र त्यसको जवाफसमेत प्राप्त भइसकेको जानकारी दिएका थिए। उनले सीमा समस्याको समाधान भावनात्मक बहसभन्दा पनि तथ्य, अध्ययन र संवादका आधारमा खोजिनुपर्ने धारणा राखेका थिए।

यद्यपि प्रधानमन्त्रीको उक्त अभिव्यक्तिप्रति नेपालभित्र भने मिश्रित प्रतिक्रिया देखिएको छ। केही विपक्षी दल र सीमा विषयका जानकारहरूले यसले नेपालको स्थापित अडान कमजोर बनाउन सक्ने भन्दै असन्तुष्टि जनाएका छन् भने केहीले यथार्थलाई स्वीकार गर्दै समाधानतर्फ अग्रसर हुने प्रयासका रूपमा व्याख्या गरेका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बालेनले त्यस्तो बोलेकोमा भारतबाट आयो बधाई

राष्ट्रपतिले प्रमाणीकरण गरे निर्वाचनसम्बन्धी दुई विधेयक

नेपालले पनि भारतको धेरै ठाउँमा जग्गा मिचेको छ : प्रधानमन्त्री बालेन

मेटेरियोलोजीलाई इन्जिनियरिङ परिषद् दर्ता प्रक्रियामा समावेश गर्ने विषय : कानुनी, शैक्षिक र व्यावसायिक विश्लेषण

!! प्रिय मङसिर महिना, प्रिय मान्छे !!

एकैदिन तोलामा २० हजार रुपैयाँभन्दा बढी उकालो, सुन फेरि तीन लाख नाघ्यो

‘भ्रष्टाचारको पराकाष्ठा’ भन्दै सरुवामाथि प्रश्न उठाउने नापी प्रमुख आफैं सरुवा अटेर, मन्त्रालयको आदेशलाई चुनौती ?

दुई दिनदेखि प्रचण्ड अस्पताल भर्ना

बिशेष