राष्ट्रपतिले प्रमाणीकरण गरे निर्वाचनसम्बन्धी दुई विधेयक

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन तथा मतदाता नामावलीसम्बन्धी दुईवटा संशोधन विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार संघीय संसद्का दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ लाई नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको हो।

बिज्ञापन

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा दुवै विधेयक आइतबार नै प्रमाणीकरण भएको उल्लेख गरिएको छ। प्रमाणीकरणसँगै ती विधेयकहरू कानूनी रूपमा कार्यान्वयनको चरणमा प्रवेश गरेका छन्।

बिज्ञापन

यसअघि उक्त विधेयकहरू संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएका थिए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष