यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थापनलाई समेटेर उक्त आकारको बजेट ल्याइएको जानकारी दिए ।

बिज्ञापन

सरकारले कुल बजेटमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब रुपैयाँ विनियोजन गरेको छ भने पूँजीगत खर्चका लागि ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याएको छ । यस्तै वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री वाग्लेले बताए ।

बिज्ञापन

बजेट कार्यान्वयनका लागि सरकारले १४ खर्ब ४ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । त्यस्तै वैदेशिक अनुदानमार्फत ६१ अर्ब ७४ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ भने वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब रुपैयाँ जुटाइने योजना रहेको छ ।

बजेटको स्रोत व्यवस्थापनका लागि सरकारले आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब रुपैयाँ उठाउने लक्ष्यसमेत लिएको छ । सरकारले आर्थिक सुधार, प्रशासनिक पुनर्संरचना, पूर्वाधार विकास तथा सामाजिक सुरक्षा कार्यक्रमलाई प्राथमिकतामा राख्दै बजेट ल्याएको जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

सांगीतिक श्रृंखला ‘आवाज’को तेस्रो संस्करण साउन २९ गते

अघि बढ्यो सचिव बढुवा प्रक्रिया : यी हुन बढुवाका लाइनमा रहेका बरिष्ठहरु

चार सहसचिवको आन्तरिक सरुवा,एडिबीको कार्यकारी निर्देशकमा धनीराम

संघीय निजामती विधेयकमा नयाँ ट्विस्ट : ‘३०–५५’ सँगै ‘३०–५१’, ३० वर्षभन्दा बढी सेवाको पेन्सन पनि सीमित गर्ने तयारी

बिशेष