सरकारी कर्मचारीको तलब १० प्रतिशत बढ्यो, कसको कती पुग्यो ?

सरकारले सरकारी कर्मचारीको पारिश्रमिक तथा सेवा–सुविधा पुनरावलोकन गर्दै शुरू स्केलमा १० प्रतिशत तलब वृद्धि गर्ने घोषणा गरेको छ ।

बिज्ञापन

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको तलब तथा सुविधा समयानुकूल पुनरावलोकन गरिएको जानकारी दिएका हुन् । बजेट वक्तव्यअनुसार कर्मचारीलाई मासिक १० प्रतिशत प्रोत्साहन भत्ता पनि उपलब्ध गराइनेछ । तलब वृद्धि र प्रोत्साहन भत्ता जोडिएपछि कर्मचारीले हाल खाइपाइ आएको खुद आम्दानीमा करिब २१ प्रतिशतसम्म वृद्धि हुने सरकारको अपेक्षा गरिएको छ ।

बिज्ञापन

सरकारले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन, कर्मचारीको मनोबल उच्च राख्न तथा कार्यसम्पादनमा थप उत्प्रेरणा दिन यस्तो व्यवस्था गरिएको जनाएको छ । नयाँ व्यवस्थाअनुसार बहिरदारको हालको आधारभूत तलब २६ हजार ८२ रुपैयाँबाट बढेर २८ हजार ६९० रुपैयाँ पुगेको छ । मुखियाको २७ हजार ६१२ रुपैयाँ तलब वृद्धि भएर ३० हजार ३७३ रुपैयाँ कायम भएको छ । खरिदारको ३२ हजार ९०२ रुपैयाँ तलब बढेर ३६ हजार १९२ रुपैयाँ पुगेको छ भने नायब सुब्बाको ३४ हजार ७३० रुपैयाँ तलब वृद्धि भई ३८ हजार २०३ रुपैयाँ पुगेको छ ।

यस्तै अधिकृतको ४३ हजार ६८९ रुपैयाँ तलब बढेर ४८ हजार ५८ रुपैयाँ कायम भएको छ । उपसचिवको ४८ हजार ७३७ रुपैयाँ तलब वृद्धि भएर ५३ हजार ६११ रुपैयाँ पुगेको छ भने सहसचिवको ५६ हजार ७८७ रुपैयाँ तलब बढेर ६२ हजार ४६६ रुपैयाँ कायम भएको छ । सचिवको ७२ हजार ८२ रुपैयाँ तलब वृद्धि भई ७९ हजार २९० रुपैयाँ पुगेको छ भने मुख्य सचिवको तलब ७७ हजार २११ रुपैयाँबाट बढेर ८४ हजार ९३२ रुपैयाँ पुगेको छ ।

बिज्ञापन

सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी नयाँ तलबमान कार्यान्वयन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यस्तो छ आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ)

सरकारी कर्मचारीको तलब १० प्रतिशत बढ्यो, कसको कती पुग्यो ?

कर्मचारीलाई सरकारको ठूलो उपहार : बेसिक तलब १० प्रतिशत वृद्धि, न्यूनतम आम्दानी ४० हजार पुग्ने

कर्मचारीको तलब बढ्यो

नर्सहरूको रात्रि भत्ता दोब्बर, स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च बढाइयो

सुनिल लम्सालको मन्त्रालयले पायो ३२३ अर्ब बजेट

सरकारले महिलाको लागि ‘ब्ल्यू बस’ सञ्चालन गर्ने

कर्मचारीको सेवा–सुविधा ‘सम्मानजनक’ बनाइने, सार्वजनिक संस्थान सुदृढ गरिने

बिशेष